9.5 C
Alba Iulia
Sunday, January 17, 2021
No menu items!

कोरोना संक्रमितको सम्पर्कमा ११ सय, तर तीन सय ३२ जनाको मात्रै कन्ट्याक्ट

Must read

संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए, ‘भोलि पुस १५ गते बिहान...

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको...

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना (कोभिड– १९) संक्रमितको सम्पर्कमा पुगेका व्यक्ति खोजेर (कन्ट्याक्ट ट्रेसिङ) नमुना परीक्षण गर्नुपर्ने तथा क्वारेन्टाइनमा राख्नुपर्ने महत्वपूर्ण काममा सरकार चुकेको छ । शुक्रबारअघिसम्म पुष्टि भएका ५७ संक्रमितको सम्पर्कमा ११ सय व्यक्ति पुगेको देखिए पनि सरकारले तीन सय ३२ जनाको मात्रै कन्ट्याक्ट ट्रेसिङ गरेको छ ।

नेपालमा कन्ट्याक्ट ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई छ । उसले समावेश गर्दै आएको सूचना प्रणालीमा ५७ जना संक्रमितले तीन सय ३२ जना मात्रै भेटेको उल्लेख गरेको छ । तर, विज्ञहरूका अनुसार एक संक्रमितबराबर कम्तीमा पनि २० जनामा कन्ट्याक्ट ट्रेसिङ हुन जरुरी छ । यसअनुसार ११ सय ४० को कन्ट्याक्ट ट्रेसिङ हुनुपथ्र्यो । तर, महाशाखाको ‘गोडाटा’अनुसार भने नेपालमा प्रतिसंक्रमित पाँचजनाभन्दा कमको मात्रै कन्ट्याक्ट ट्रेसिङ भएको देखिन्छ । मन्त्रालयलाई भने महाशाखाले सबैको कन्ट्याक्ट ट्रेसिङ भएको दाबी गर्दै आएको छ । महाशाखाका एक अधिकारीले संक्रमितको सम्पर्कमा आएका सबैको खोजी भएको बताए । तर, मन्त्रालयले पनि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

संक्रमित पत्ता लागेपछि उसको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ २४ घन्टाभित्रै गरिसक्नुपर्छ । उनीहरूमा पनि संक्रमणको सम्भावना हुने भएकाले थप व्यक्तिमा फैलिन नदिन यो विधि महत्वपूर्ण मानिन्छ । दक्षिण कोरियाले कोरोनालाई सजिलै पराजित गर्नुको पहिलो कारण नै कन्ट्याक्ट ट्रेसिङ हो । पहिचान (कन्ट्याक्ट ट्रेसिङ), परीक्षण, फलोअप र उपचारलाई प्राथमिकता दिएर कोरिया कोरोना नियन्त्रणमा विश्वमै उदाहरण बनेको छ । तर, नेपाल चुकेको छ ।

स्वास्थ्य मन्त्रालयमा आइतबार विज्ञहरू सम्मिलित छलफलमा कन्ट्याक्ट ट्रेसिङको विषयले महत्व पाएको थियो । बैठकमा सहभागी एक चिकित्सकले नाम उल्लेख नगरिदिने सर्तमा नयाँ पत्रिकासँग भने, ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग कुनै तथ्यांक छैन, फिल्डमा टेस्ट भएको छैन, अनुमानका भरमा कन्ट्याक्ट ट्रेसिङ भएको भनिएको छ । त्यसले ढुक्क हुने अवस्था देखिएको छैन ।’ महाशाखाले अघिल्लो दिन ग्रिन जोन भनेको ठाउँमा भोलिपल्ट ह्वात्तै संक्रमित बढेकाले उसको तथ्यांकलाई आधिकारिक मानेर कदम चाल्दा झन् संकटमा परिने उनले बताए ।

छलफलमा महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले प्रगति प्रस्तुत गरेका थिए । तर, उनले कन्ट्याक्ट ट्रेसिङ भएका व्यक्तिको संख्या उल्लेख नगरेपछि सहभागीले प्रश्न उठाएका थिए । त्यसपछि उनले एक संक्रमितबराबर १५ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको मौखिक जानकारी गराएर पन्छिएका थिए । कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको तथ्यांकसमेत प्रस्तुत गर्न नसकेपछि विज्ञहरूले महाशाखाको जिम्मेवारीप्रति आलोचना गरेका थिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए, ‘भोलि पुस १५ गते बिहान...

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको...

ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय

ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय...

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...