लेख बुढा : डोल्पाको सदरमुकाम दुनैमा जिल्ला प्रशासन कार्यलयले छापा मारेको छ । लकडाउन अगाडीको करिव ५० दिन अगाडीको कुखुराको मासु विक्रिवितरण भैरहेको भन्ने सुचनाको आधारमा सोमबार सदरमुकाम दुनैमा रहेको राहुल जनरल स्टोरमा प्रमुख जिल्ला अधिकारी शुरेस सुनारको नेतृत्वमा छापा मारिएको हो । सदरमुकाम दुनै स्थित राहुलजनरल स्टोरले पसलमा दर्ता कागजात केही नभएकोले उक्त पसलमा प्रशासनले ताला लगाएको छ । सोहि पसलले चैत्र महिनामा नेपालगन्ज देखि डोल्पा ल्याएको बोईलर कुखुराको २० केजि मासु पनि जफत गरि नष्ट गरिएको छ । सोहि पसलबाट बिष्कुट १० दर्जन,सानापापट ५० प्यग,मसला १०० पिस,तितौरा १० प्याकेट,कोकफेन्टा २० वोतल,हलिक्स ५ डिव्वा,काजु २० प्याग,सेरलेक्स १५ प्याग,केक ४० प्याग,सस १५ बोतल,मिटमसला ४० प्याग,कुरमुरे १०० प्याग,कुकिज विस्कुट २०० प्याकेट ,दालमोट ठुलो र सानो११ सय प्याकेट,रसवरी ३ डिव्बा,रियल जुस१० वटा,चिजवल २०० पिस,टेष्टी विस्कुट ५ दर्जन गरी जम्मा ३ लाख बराबरको सामान नष्ट गरिएको र उक्त पसल सन्चालकलाई आबश्यक कारावाहिको लागी अगाडि बढाईने जिल्ला प्रशासन कार्यलय डोल्पाले जनाएको छ ।
दुनै बजार स्थित राहुल जनरल स्टोरले लकडाउनको मौका छोपि चैत्र महिनाको गन्ध आउने कुहिएको मासु बिक्रि गरिरहेको सुचनाको आधारमा छापा मारिएको हो । कोरोना भाईरस अर्थात कोभिड (१९ को कारण भन्दै धेरै पसलहरुले कालोवजारी गरेको हल्ल चलेकोले सबै पसलहरुमा छापा मार्ने प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए ।