9.5 C
Alba Iulia
Tuesday, October 27, 2020
No menu items!

“कालाे नकारात्मक हाेईन”

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

नरेश बाेहरा

कालो यो सब्दलाई उच्चारण गरि एकछिनसम्म मौन भएर सोच्नुस त १ झ्याप्प सुन्दा कस्तो मन गह्रौ केहि नमिलेको केही नपुगेको जस्तो अँध्यारो अन्धकार जस्तो लाग्ने सब्द । खानामा सबै परिकार हुदा पनि कुनै अरु केही नपुगे जस्तै केही फरक परिकारको तृष्णा भए जस्तै, यो कालो शब्द पनि आफैमा केही अधुरो,अपुरो,रहस्यमय साथै बिबादास्पद जस्तै लाग्छ । मान्छेले यस्लाई सुरुमा सुन्दा नकरात्मक जस्तो माने पनि यस्को प्रयोग र उच्चारण भने ठाउँ र परिस्थिती अनुसार भिन्न भिन्नै भएको पाइन्छ । जस्तै ूत्यो कस्तो कालो मन भएको मान्छे रहेछ ू। यहाँ नीर कालो सब्दले अत्यन्तै नकरात्मक भुमिका निभायो अनि अर्कोमा जाम ूवाउ कस्तो कालो कपाल र आँखा भएको मान्छे रहेछू । अब यहाँ तेहि कालो सब्दले कती राम्रो भुमिका निभायो अब भन्नुस कालो शब्द सकरात्मक कि नकारात्मक ।
मलाई जहाँ सम्म लाग्छ यो कालो शब्द मान्छेको रुपरङ्ग र मनको लागि मात्रै नकरात्मक रुपमा प्रयोग हुन्छ । अब किन भनेर सोध्नु भन्दा आफै एक पटक सोच्नुस त मान्छेमा बाहेक अरु कुन ठाउमा यस्को नकरात्मक प्रयोग हुन्छ । चिल्लो कालो गाडि मस्त हुइकाउन मान्छेलाई कालै पत्रे गरेको रोड मन पर्छ, सेतो मीठो दूध खान मान्छेलाई कालै गाइ,भैंसी मन पर्छ, घरको रक्षाको लागि कालै कुकुर मन पर्छ,ठुला ठुला आन्दोलनहरु सफल पार्न मान्छेलाई कालै पट्टि मन पर्छ, कसैको नजर लाग्नबाट बचाउन कालै तिलक मन पर्छ, तातो न्यानो अनि महिलो हुनबाट बचाइ राख्न कालै कपडा कालै जुत्ता मन पर्छ स्कुल युनिफर्म देखि ठुला ठुला पदास्थका बडेमानहरुलाई नि कालै कोट कालै पैन्ट कालै बेल्ट मन पर्छ, तर मान्छेको मन र वर्ण कालो भएको किन मन पर्दैन होला । अब कुरा गरम शरिरको कालै कोटि मन पर्छ,कालै कपाल मन पर्छ,कालै दाह्री जुङ्गा मन पर्छ,कालै आँखा मन पर्छ, कालै गाजल मन पर्छ अझ भनम कालै लिपिस्टिक मन पर्न नि बेर छैन । पुगेन किचेनको कुरा गरम भाडा कालै मन पर्छ आगो रातो गोल बनाएर बाल्नको लागि कोइला कालै मन पर्छ खानामा कालै दाल मन पर्छ, तरकारी मीठो बनाउनलाइ तेलमा कालै पारी फुराएको नै मन पर्छ ।
फेरि पनि मान्छेको रङ वर्ण कालो भएको चाइ किन मन पर्दैन होला ।
शरीर भरी सबै कालै मन पर्ने तर कालो छाला किन मन नपर्ने होला । कालो मान्छेले गरेको शासन मन पर्ने कालो मान्छेले गरेका कार्यहरु मन पर्ने कालो मान्छेले उठाएका आवाजहरु मन पर्ने तर तेहि कालो मान्छेको वर्ण किन मन नपर्ने होला । भएन त अचम्म । हरेक दैनिक उपभोग्य समानहरु कालो मन पर्ने । स्कुलको कालो पाटी देखि सेतो किताबमा भएका काला अक्षरहरु कालै हातमा भएको कालै पेन्सिलले पढाएको मन पर्ने तर तेहि पढाउने कालो गुरु मन नपर्ने । घरमा कालो भाडोमा पकाएको मन पर्ने पकाउने काली आमा मन नपर्ने, छोरा,छोरिको कालो कपाल कालो आँखा सबै मन पर्ने तर कालो छोरा छोरी मन नपर्ने, बाले किन्दिएका सबै काला सामानहरु मन पर्न्ने तर तेहि किन्दिने कालो बा मन नपर्ने, कालो सुटबुटमा कालै चस्मा लगाएको बोइफ्रेन्डले किन्दिएको कालो ब्ल्याकबेरि मोबाईल मन पर्ने तर कालो छाला भएको बोइफ्रेन्ड मन नपर्ने, कालो आखामा कालै गाजल लगाएर कालै ब्याग भिरेकि गर्लफ्रेन्ड मन पर्ने तर कालो अनुहार भएकी गर्लफ्रेन्ड मन नपर्ने । मैले भनेको थिए नि माथी नै एक पटक सोच्नु भनेर रहेन छ त कुरा सत्य अब फेरी भन्नुस कालो शब्द सरात्मक कि नकरात्मक ।
पढेको थिए सबै रङहरुको कम्बाइनेसनबाट नै कालो रङ बन्छ सबै भन्दा शक्तिशाली रङ भनेको नै कालो रङ हो भनेर तर मलाई कालो शब्द नै किन आधाअधुरो जस्तो लागि राको छ आफैमा यति स्ट्रोङ रङ भएर नि किन एति बिबादास्पद छ । मैले कैयौ बार सोच्दा बल्ल एउटा निर्णयमा पुगे यो आफैमा कमजोर बिवादास्पद र आधा अधुरो हैन यस्लाई बिवादास्पद,नकरात्मक त मान्छेको सोचले बनाएको रहेछ सायद ध्रुब सत्य कुरा पनि यहि हुनु पर्छ । खासमा नकारात्मक र बिवादास्पद हुनु पर्ने त ूसेतोू शब्द हो अथवा सेतो रङ हो । यो तपाईं आफै पनि सहजै छुट्टयाउन सक्नु हुन्छ । हर कोहि वर्णमा कालो हुन्छ त्यो भित्री मन देखि सफा स्वच्छ र उदार हुन्छ । त्यो मैले उदाहरण दिई रहन पर्दैन होला तेस्को उदाहरण तपाइहरुको आँखा अगाडि नै जति पनि छ । सानो उदाहरण नेल्सन मन्डेला, अब्राहम लिङ्कन, पेले,बराक हुनेस ओबामालाई लिन सकिन्छ । यो सुरुमा सब्दहरु को अर्थको बाड फाड गर्दा नै गलत भएको हो जस्तो लाग्छ आज सेतो सब्दको अर्थ नकरात्मक हुन्थ्यो भने सबै कुरा सहज सरल चल्थ्यो न नेल्सन मन्डेला जस्ताले २८ बर्ष जेल बस्नु पर्थ्यो न त अब्राहम लिङ्कन जस्ताले सेता बिरुद्ध आन्दोलन नै गर्नु पर्थ्यो । सेतो वर्ण देखिने प्राय सबै भित्री मनको पापी कप्टी नै पाइन्छन । यदि सेतो सब्दको अर्थ सच्चिकै नकरात्मक हुन्थ्यो भने काला सुटबुट लगाएर कालै कुर्सिमा बस्ने सेताहरुको मन पनि कप्टी छ भनेर सहजै अन्दाज गर्न सकिथ्यो । अफ्रिका भारत जस्ता देशहरुमा छलकपट गरि सेताले अधिपत्य जमाउन पाउथेनन होला । अमेरिका जस्तो बिकसित मुलुकमा सेताद्वारा कालाहरुले पशु समान व्यवहार भोक्नु पर्दैनथ्यो होला ।
अन्त्यमा मेरो अनुरोध यहि हो कि अब काला सामान मात्रै हैन काला मान्छे हरुलाई नि अपनाइनु पर्छ । हरेक सेताले मुख मात्रै सेतो हैन मन पनि सेतो बनाइ समाजमा कालालाई गरिने व्यवहारमा नि सेता बराबर समानता ल्याउनु पर्छ । अन्यथा यहाँ फेरि नेल्सन मन्डेला, अब्राहम लिङ्कन जस्ता कालाहरु काला रोडहरुमा कालै पट्टि बाधेर काला टायर जलाउदै आन्दोलन गर्न बेर छैन ।

लेखक : नरेश बाेहरा

ठेगाना: मुड्केचुला १ कालिका डाेल्पा

हाल: अमेरीका

 

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...