9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

कोभिड –१९बाट बचेर, शैक्षिक वातावरण निर्माणमा अभिभावकको भूमिका

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

हस्त बहादुर बुढा
(शिक्षक)

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षा दिने र लिने परम्परा नेपालमा पनि प्राचीनकालदेखि नै भएको पाइन्छ । नेपालमा प्राचिनकालीन शिक्षा व्यवस्थालाई संस्कृत शिक्षा र बौद्ध शिक्षा परम्परा गरी दुई भागमा विभाजन गरेको पाईन्छ । प्राचिनकालको संस्कृत शिक्षा वैदिक धर्ममा आधारित शिक्षा पद्धतिमा राजकुल,पितृकुल,ऋषिकुल,गुरुकुल,पद्धतिमा प्रचलनमा रहेका मध्ये गुरुकुल शिक्षा प्रणाली विद्यालयको औपचारिक प्रणाली लागु नहुँदासम्म चलिरह्यो । गुरुकुल शिक्षामा शिष्यहरु गुरुको कुटिमा रहेर गुरुको सेवा गर्दै शिक्षा आर्जन गर्ने चलन थियो । कतिपय धार्मिक मन्दिरहरु पनि विद्याका केन्द्र थिए भने ऋषि तथा गुरुवाट शिक्षा दिने र लिने चलन थियो ।

परिवर्तित वर्तमान समयमा विश्वले विभिन्न शैक्षिक कालखण्डहरु अनुवम ,शस्त्र र अस्त्रका ठूला यूद्धहरु पार गर्दै तेस्रो जैविक विश्वयूद्धमा विश्व होमिरहेको वेला सर्वशत्तिमान राष्ट्रहरुले आफ्नो शत्ति सामाथ्र्य र ओकात प्रदर्शन गरिरहेको वेला नेपालमा गुस्तरीय शिक्षाको कुरा गर्दा हाँस्यास्पद हुन सक्छ । कुनै पनि देश वा राष्ट्रले आ–आफ्नो देशको समय, परिस्थिति,भौगालिक,सामाजिक,आर्थिक, तथा सांस्कृतिक,विविधता अनुसार शैक्षिक गुणस्तर निर्धारण गरिएको हुन्छ । तसर्थ सामान्य अर्थमा गुणको सूचक वा मापदण्ड वा गुनको स्तरमा लिने गरिन्छ ।गुणस्तरीय शिक्षाले व्यत्ति,समाज,राष्ट्र,भाषा,संस्कृतिको प्रगति तथा उन्नतिमा भर पर्दछ । कुनै पनि देशले आवश्यक पर्ने गुणस्तरीय जनशत्ति उपलब्ध गराउन चाहिने सक्षम र सामाथ्र्यवान शिक्षा प्रणालीलाई खासमा गुस्तरीय शिक्षा भनिन्छ । अर्थात गुणस्तरीय शिक्षा त्यो हो कि जुन शिक्षाले जीवन निर्वाहदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न सहयोग गर्दछ ।अहिलेको सन्दर्भमा विश्व (कोभिड १९) को महामारीले विश्व नै बन्दाबन्दीको भूमरीमा परिरहेको यो चुनौतिपूर्ण अवस्थामा कसरी गुणस्तरीय शिक्षाको पक्षसँग जोडेर बालबालिकाहरुको शारीरिक,मानसिक, र संवेगात्मक विकासका पक्षसँग सम्बधित भएर कोभिड –१९ सँग जुध्न सिकाउनु र पारिवारिक शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइमा सहयोग पु–याउने सन्दर्भमा एक महत्वपूर्ण पक्ष अभिभावकको भूमिकालाई कोभिड १९ बाट बच्न र घरपरिवारमै शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइमा गर्न सकिने महत्त्वपूर्ण विषयकाबारेमा केही चार्चा गर्ने प्रयास गरिएको छ ।

नेपालको जनसंख्याको ४० प्रतिशत बालबालिका १८ वर्ष मुनिका भएका कारण देश विकासमा यिनीहरुको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । वर्तमान समयमा विश्व कोभिड १९ को माहामारीमा परिरहेको अवस्थामा सिकाइलाई भन्दा जीवन रक्षासँग सम्बन्धित उपायहरु अबलम्बन गर्नु जरुरी रहेको छ । तसर्थ कोभिड १९ सँग जुध्नका लागि अभिभावकले बालबालिकाहरुका लागि दिन सकिने सल्लाह ,निर्देशन तथा उपयूत्त उपायहरुकोबारेमा चर्चा गरिएको छ ।
कोभिड –१९ बाट बच्न अभिभावकको भूमिका
 बालबालिकाहरुलाई साधारण स्वच्छताका उपायहरु बारम्बार भनौं ।
 बालबालिकाहरुको मुख,नाक र अँखा छुनवाट जोगाउन सल्लाह दिने गरौं ।
 खोकी र हाँच्छ्रयु गर्दा नाक ,मुख र कुहिनोले छोप्न लगाउने गरौं ।
 कम्तिमा २० देखि ३० सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुने वानीको विकास गर्न लगाउ ।
 ओकी वाहाँच्छ्यु गरिरहेको व्यक्तिबाट कम्तिमा १ मिटरको सामाजिक दुरी कायम गर्न लगाउ ।
 सम्पूर्ण समय बालबालिकामा समर्पित गरौं ।
 कम्तिमा ६० प्रतिशत अलकोहल भएको ह्रयाण्ड सेनिटाईजरको प्रयोग गरौं ।
 सन्तुलित भोजनयुत्त खानेकुरामा जोड दिने गरौं ।

विश्व कोभिड १९ को महामारीको बन्दाबन्दीमा भएको अबस्थामा विद्यालय बन्द भइ शैक्षिक वातावरण अन्यौल्तामा परिरहेको अवस्थामा विभिन्न वैकल्पिक उपायहरुको अबलम्बन गरी शैक्षिक गतिविधि गर्नु नितान्त आवश्यक रहेको देखिन्छ । तसर्थ यहाँ अभिभावकले घरमै गर्न सकिने महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप तथा अभिभावकको भूमिकालाई चर्चा गर्ने प्रयास गरिएको छ ।
शैक्षिक वातावरण निर्माणमा अभिभावकको भूमिका
 बालबालिकाहरुको पहिलो पाठशाला घर भएको हँदा घरमै शैक्षिक वातावरण निार्माण गरौं ।
 शैक्षिक तालिका निर्माण गरी नियमित पठनपाठन गर्ने अवसर प्रदान गरौं ।
 घरमै सिक्ने सिकाउने वातावरण सिर्जना गरौं ।
 online classमा सहभागी हुने वातावरणको सिर्जना गरौं ।
 खोजमूलक शैक्षिक वातावरणको सिर्जना गरौं ।(जस्तैःनजानेका विषयवस्तुहरुलाई इन्टरनेटको प्रयोग गरी खोज्न लगाउने)
 भर्चुअल अनलाइन कक्षामा सहभागी गराउने वातावरण सिर्जना गरौ ।
 बन्दाबन्दीले बालबालिकाहरुको शारीरिक,मानसिक तथा संवेगात्मक पक्षमा असर पर्न सक्ने भएकाले पारिवारिक वातावरण सिर्जना गरी आवश्यकता अनुसार मनोरञ्जन प्रदान गरौं
 कम्तिमा पनि दिनको एक पटक व्यक्तिगत स्वास्थ्य,सरसफाइ,तथा व्यवहार निर्माणका पक्षमा अभ्यास गर्न लगाउने ।
 बालबालिकाहरुको घरभित्रको बसाइले दिक्दारीपन,मानसिक नैरास्यता जस्ता नकरात्मक असर पर्ने भएकाले बढी भन्दा बढी सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापमा सहभागी गरौं ।
 मानवीय जीवनमा आवश्यक पर्ने जीवनोपयोगी सीपहरु खाना पकाउने,तरकारी पकाउने ,भाँडा माझ्ने,भान्छाकोठाको सरसफाईमा सहभागी गरौं ।
 बालबालिकाको दिमाग एउटा खाली भाँडो जस्तै भएकाले रचनात्मक तथा सिर्जनात्मक कार्यमा सहभागी गराउने । (जस्तै ःकथा,कविता,निबन्ध,नाटक,संवाद,उखान,टुक्का,गीत,वादविवाद तथा उद्घोषण जस्ता विधाहरुः भन्न ,तर्क गर्न,वाचन गर्न,र लेख्न लगाउने ।
 बालबालिकाहरुको व्यवहार निर्माणको क्रियाकलापमा सहभागी गरौं ।
 बालबालिकाको उत्प्ररणाको लागि घरमै खेलिने विभिन्न खेलहरु खेलाउने गरौं ।
 माथिल्लो कक्षामा अध्ययनरत दाइ दिदीहरुबाट विषयवस्तुको सहजीकरण गर्न लगाउने ।
 बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पु–याउने क्रियाकलापमा सहभागी गराउने ।
 सामाजिक बानी व्यवहारको निर्माणमा सहयोग पु–याउने क्रियाकलाप गर्ने ।

वर्तमान समयमा विश्व कोभिड १९ को महामारीमा संघर्ष गरीरहेको वेलामा शिक्षण संस्थाहरु पूर्णरुपले बन्द रहेका छन तै पनि वैकल्पिक उपायहरुको अबलम्बन गरी शिक्षण सिकाइ प्रक्रियालाई सहज ,सरल बनाउनु सबैको कर्तव्य र दायित्व हुन आउछ । तसर्थ घर बालबाालिबाको पहिलो पाठशाला हो । घरबाट नै बालबालिकाहरुले जीवनोपयोगी सीप देखि लिएर संस्कार सभ्यताका कुराहरु सिकीरहेका हुन्छन । यसर्थ एउटा असल अभिभावकले बालबालिकाहरुलाई सर्वाङ्गीण विकास,व्यक्तिगत सरसफाइ,सामाजिक आनीबानी व्यवहार,विद्यालयप्रति सकरात्मक धारणा र आधारभूत शिक्षाको तयारी जस्ता महत्त्वपूर्ण पक्षहरुमा पूर्णरुपले व्यवस्थापन गरी शैक्षिक वातावरण निर्माण गर्नु र अहिलेको आधुनिक प्रविधियुत्त शिक्षा दिनु प्रत्येक अभिभावकको दायित्व हो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...