9.5 C
Alba Iulia
Monday, June 21, 2021
No menu items!

नारा फेरिए अबस्था फेरिएनः विश्व वातावरण दिवस २०२०

Must read

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

योगेन्द्र  बुढा

   वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५
जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व
वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

   विश्व समुदायलाई वातावरण संरक्षणमा एकतावद्ध गरी पृथ्वीलाई सुन्दर बनाउनका निमित्त हरेक बर्ष वातावरण
दिवस मनाउने गरिन्छ । विश्वमा तिब्र जनसंख्या बृद्धिदर र उक्त जनसंख्यालाई आफ्ना असिमित आबश्यक्ता
परिपुर्ति गर्न प्राकृतिक सम्पदाहरुको अव्यबस्थित रुपमा प्रयोग गर्दा आएका विभिन्न समस्याहरु प्रति सजक रहन र
प्रकृतिको संरुक्षणमा विश्वव्यापी ध्यानाकर्षण गर्नको निमत्त पनि हरेक बर्ष जुन ५ मा विश्वले वातावरण दिवस
मनाउदै आएको छ ।
मानिसको जीवन प्रत्यक्ष रुपमा प्रकृतिको स्वच्छता संग जोडिएको भएता पनि मानिसले नै प्रकृतिको सुन्दरता र
स्वच्छतालाई कमजोर बनाउदै गएकाले त्यसको असर मानव जातीमा परिरहेको छ । प्रकृतिको अव्यबस्थित दोहन ले
गर्दाविभिन्न किसिमका वातवरणीय समस्याहरु आइरहेका छन् । तिब्र वनविनास, अतिक्रमण, र्आधोगिक विस्तार,
फोहरमैलाको उत्सर्जन, प्रदुषण आदि जस्ता कारणले प्रकृति रफ्तारमा विनाश भैरहेको छ । मानिसका यस्ता
कार्यहरुले गर्दा जैविक विधतामा ह्रास हुने, जल, जमिन, वायू प्रदुषण हुने र यसले विभिन्न किसिमका प्रकोपहरु
निम्ताउने गरेको छ । प्रकृति माथको असन्तुलनिय दोहने गर्दा एकातर्फ प्रकृतिको क्षती भएको छ भने अर्को तर्फ
उक्त क्षतीका कारण मानिसहरको स्वस्थ्य तथा जीवनयापनमा पनि प्रतिकुल असर परेको छ । विभिन्न हानिकारक
ग्यासहरुको उत्सर्जनका कारण वायू प्रदुषणका कारण अकालमै ज्यान गुमाउनेको संख्या दिनानुदिन बढीरहेको छ ।
त्यस्तै गरि जल प्रदुषण, जमिन प्रदुषणका कारण हुने मृत्यूदर पनि उतिकै बढीरहेको छ । विश्वमा कुल मृत्यूको ४०
प्रतिशत मृत्यू जल, जमिन र वायू प्रदुषणकै कारण बाट हुने गर्दछ । यो सम्पुण असरको कारक मानिस नै हो ।
मानिसको प्रकृति प्रतिको नराम्रो व्यबहारका कारण नै प्रकृति विनाश बाट हुने क्षती स्वयम मानव जातीले नै भोग्नुु
परेको छ । यू एन को प्रतिवेदन अनुसार हरेक ४ जना मध्य १ जना वातावरणीय असरका कारण नै ज्यान गुमाउने
गर्दछन । यद्यपी यी सबै तथ्यका बारेमा जानकार हुँदाहुँदै पनि मान्छेले आफ्नो व्यबहार भने सच्चाउन सकेको
छैनन् । अहिले हामी सबैलाई थाँहा छ कि हामीले पिउने पानी फोहोर छ, हावा प्रदुषित छ, खानेकुराहरुमा विषादी
मिसिएको छ, हाम्रा खोलानाला, हाम्रा, वनजंगल, हाम्रा प्राकृतिक श्रोत, वस्तीहरु प्रदुषित भएका छन् यद्यपी हामी यी
विषयहरुलाई सामान्य मानिरहेका छौ अब पनि हामीले यस्तो विषयमा सोचेनौ भने अबको अबस्था झनै डरलाग्दो
हुनेछ ।

     आज विश्व वातावरण दिवस । हरेक बर्ष झै यो बर्ष पनि नँया नारा आउको छ सुरक्षित जीवनका लागि जैविक
विविधता । जैविक विविधता भनेको प्राणी र वनस्पति विचको भिन्नता, फरकपन र विभिन्न किसम भन्ने बुझिन्छ
। जल तथा जमिन सबै स्थानमा जिवित प्राणी र वनस्पतिको विविधता पाईनछ र यीनिहरु विच विभिन्न किसिमको
अन्तरसम्बन्ध रहेको हुन्छ । प्राणी र वनस्पति विच होस या प्राणी प्राणी र वनस्पति वनस्पति विच पनि सम्बन्ध
हुन्छ । एकले अर्को संग परस्पर सम्बन्ध राखेर अघि बढेको हुन्छ । यसर्थ जैविक विधिता संरक्षण र व्यबस्थापनमा
कुनै एक पक्षको सुधारले मात्र सम्भव हुँदैन ।
जैविक विविधता संरक्षणमा प्राणी एंव वनस्पति सबै प्रजातिको उत्तिकै संरक्षण गर्न सक्नु पर्दछ । यसको प्रभावकारी
संरक्षण र व्यबस्थापन तथा उचित प्रयोगले मात्र मानव जातिको स्वास्थ्य, सम्पति, खाना, बास, इन्धन लगायतका
सम्पुण आबश्यक्ताहरु परिपुर्ति गर्दै दिगो विकासमा टेवा पुर्याउन मद्धत गर्दछ ।
मानिसको सामान्य आधारभुत आबश्यक्ता गास बास कपास होस या अर्थ उपार्जनको कुरा होस सबै क्षेत्रमा जैविविक
विविधता नभै नहुने कुरा हो । विश्वको करिब डेढ अरब ग्रामिण गरिबहरुकोे प्रत्यक्ष जिविकोपार्जन वनपैदावरको र
उपयोग बाट हुने गरेको छ । वनबाट उत्पादनहुने विभिन्न जडिबसटीहरु, काठ तथा गैर काष्ट बन पैदावरहरु,
बन्यजन्तुहररुको प्रयोगबाट नै ती मानिसहरुले आयआर्जन गर्ने गरेका छन् । त्यसै गरि जैविक विविधताको
संरक्षणबाट विभिन्न किसिमका प्रदुषणहरु पनि नियन्त्रण हुने गरेका छन् । वनस्पतिको संरक्ष्ण र व्यबस्थापनबाट
विभिन्न हानिकारक ग्यासहरुको सोस्ने गर्दा वायूमण्डल प्रदुषण हुन पाउदैन साथै वनस्पतिले पानी तथा हावाको
सुद्धिकरण गर्न पनि मद्धत गर्दछ । यसर्थ जैविक विविधताको संरक्षण मानव जातीको सबै क्षेत्रलाई प्रत्यक्ष रुपमा
टेवा पुर्याउने भएकाले पनि यसको संरक्षणमा सबैको दायीत्व बन्दछ । पृथ्वी हामी सबैको साझा घर हो, यसको प्रयोग
र उपभोगमा जति हामी सबैको समान अधिकार छ त्यति नै यसाई जोगाउने हामी सबैको समान दायीत्व रहन्छ ।
सन २०७० देखि हाल सम्म हेर्ने हो भने जनसंख्या करिब ३.३ अरब बाट ७ अरब नाघि सकेको छ तर हामी संग
जनसंख्या बढे संगै पृथ्वी बढ्ने वाला छैन । पृथ्वीमा सिमित श्रोहरु छन् यी श्रोतहरु मानिसको संख्या बढे संगै बढ्ने
वाला छैनन् यसर्थ भोली श्रोत सकियर मानव जातीको विनास हुने समय आउन भन्दा वेलैमा सचेत भएर हरेकले
यसको प्रभावकारी व्यबस्थापन तर्फ लाग्नु नै उत्तम उपाय हो ।

हाम्रो सम्बन्ध वातावरण संग सन्तुलित र निरन्तर चलिरहोस । हाम्रा नकरात्मक बानी र व्यवहारले वातावरणमा पर्ने
प्रतिकुल असर संगसंगै उक्त असर हामी मानव जातीमा पर्ने कुरामा कुनै दुविधा नरहेकोले हाम्रो स्वस्थ्य, हाम्रो
जीवन र मानव अस्थित्वको लागि पनि अब हरेक बर्ष वातावरण संरक्षणका ठुला ठुला नारा निर्माण र सन्देश प्रवाह
मा मात्र सिमित नरहेर हरेक नागरिकले वातावरण तथा जैविक विविधता संरक्षणमा आफुले सके जतिको योगदान
पुर्याउनु नै उत्तम विकल्प हुन सक्छ । अन्यथा मानव जातिले आफ्ना असिमित आबश्यक्ता परिपुर्तिको लागि
प्रकृतिको दोहन गर्दा यसको प्रत्यक्ष र अप्रत्यक्ष असर स्वयम मानव जातिले नै भोगिरहेकोले आगामी दिनमा अझ
ठुला ठुला समस्याहरु भोग्न पर्ने देखिन्छ । यसर्थ अब हामी नारा संग संगै अबस्था फेर्न तर्फ लागौ आफुले सके
जतिको योगदान जैविक विविधता संरक्षणमा लगाऔँ ।

(लेखक युवा अभियन्ता तथा डोल्पा सर्वाङ्गिण समाज डोल्पाका कार्यक्रम संयोजक हुनुहुन्छ ।)

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५...