9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

किन भड्किंदैछ अमेरिकामा जनप्रदर्शन ?

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

समकालीन विश्वको पहिलो महाशक्ति राष्ट्र अमेरिका झनझन अशान्त हुँदै गइरहेको छ । मे २५ मा मिनासोटा पुलिसले गरेको एक सार्वजनिक हत्यापछि भड्किएको जनअसन्तुष्टि र प्रदर्शन रोकिने संकेत देखिएको छैन । अश्वेत नागरिक जर्ज फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा श्वेत प्रहरी अधिकृत डेरेक चौभिनले ८ मिनेट ४६ सेकेन्डसम्म जर्जको घाँटीमा घुँडाले थिचेका थिए ।

यो घटनापछि फ्लोइडको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट मे २६ देखि अमेरिकाका २०० बढी शहरमा जनप्रदर्शन भड्कियो । ४० राज्यमा कर्फ्यू लगाइयो । हजारौं हजार मानिस दैनिक सडकमा आएर प्रदर्शन गरिरहेका छन् । कारोना महामारीको लकडाउनकाबीच यी घटनाहरु अकल्पनीय हुन् ।

स्थिति बिग्रिंदै गएपछि जनतालाई शान्त रहन आग्रह गर्दै अमेरिकी पुलिसका अधिकृतहरुले घुँडा टेकेर सार्वजनिक माफी मागेका छन् । तर प्रदर्शनकारीहरुले आग्रह गर्दैमा शान्ति कायम नहुने बताएका छन् । उनीहरुले ‘न्याय छैन भने शान्ति पनि छैन’ (No Justice, No Peace) को नारा लगाइरहेका छन् । अमेरिकी पुलिस संगठनमा नश्लवादी सोचले गहिरो जरा गाडेको विश्लेषण गरिदैछ ।

फ्लोइड हत्या काण्डलाई प्रहरीले लुकाउने प्रयास गरिएको थियो । डेरिक चौभिनलाई ४ दिनसम्म कुनै कारबाही गरिएको थिएन । चौथो दिन चौभिनलाई निष्कासन गरियो । तर, उनीमाथि कुनै कानूनी कारबाही हुन्छ कि हुँदैन प्रष्ट छैन । अमेरिकामा श्वेत प्रहरीले अश्वेत नागरिकको हत्या गरेको योे पहिलो घटना हैन । यसअघि पनि धेरैपटक यस्ता घटना भएका छन् । घटनामा प्रहरीलाई कानूनी कारबाही गरिने गरिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई ‘थङ’ भनेर गाली गरेपछि स्थिति झनै बिग्रिएको थियो । उनले ‘प्रदर्शन शुरु भए, गोली चलाउने’ भन्दै प्रदर्शनकारीलाई धम्की दिएका थिए । यो सन् १९६० को दशकमा नागरिक आन्दोलनको क्रममा एक नश्लवादी प्रहरी अधिकृतले बोलेको वाक्य थियो ।

राष्ट्रपति ट्रम्पले त्यो वाक्य जस्ताको त्यस्तै दोहोेर्‍याएपछि अमेरिकी बौद्धिक जगत आश्चर्यचकित भएको थियो । लोकतान्त्रिक मुलुकमा जनप्रदर्शन हुन सक्दछन् । प्रदर्शनकारीलाई लुटेराको रुपमा चित्रण गर्नु र गोली चलाउने धम्की दिनु लोकतान्त्रिक राष्ट्रपतिको मुखबाट शोभनीय कुरा थिएन ।

अमेरिकी मिडिया र विश्लेषकहरुले भने यो घटनालाई चुलिँदै गएको जनअसन्तुष्टि विष्फोट भएको अर्थमा लिएका छन् । फ्लोइडको हत्या जनअसन्तुष्टि विष्फोटको निहुँ बनेको, तर ट्रम्प शासनकालको पछिल्लो ३ वर्षदेखि जनतामा असन्तुष्टि बढ्दै गएको र पछिल्लो ३ महिनामा स्थिति झनै विष्फोटक भएको विश्लेषण गरिंदैछ । अखिर किन यतिधेरै असन्तुष्ट भए त अमेरिकी जनता ?

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प ‘अमेरिकालाई फेरि महान बनाऔ’ को नारा दिएर सत्तामा आएका थिए । उनले त्यसअघिको बाराक ओबामा कार्यकालमा अमेरिका बिग्रिएको बताएका थिए । ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति थिए । उनको ८ बर्षे कार्यकाल तुलनात्मक रुपमा नराम्रो थिएन । तर ट्रम्प ओबामा कार्यकाललाई बदनाम गरेर अमेरिकी समाजमा रंगभेदी ध्रुवीकरण ल्याउन चाहन्थे । गोरा सर्वोच्चता (White supremacy) को भावनालाई भड्काउनु ट्रम्पको मुख्य चुनावी रणनीति थियो । उनी त्यसमा सफल पनि भए ।

ट्रम्प समर्पित रिपब्लिकन उम्मेद्वार थिएनन् । उनी एक धनी व्यापारी थिए । रिपब्लिकन पार्टीमा लागेको केही वर्षभित्रै उनले पार्टीको आन्तरिक शक्ति संरचनामा कब्जा जमाए । उनले पार्टीभित्र आक्रमक प्रचार रणनीति अपानाए, फलत पुराना र स्थापित रिपब्लिकन राजनीतिज्ञहरु ट्रम्पको लागि बाटो छोड्न र राजनीतिबाट पलायन हुन बाध्य भए । यो प्रक्रियामा ट्रम्पले पैसा असाध्यै धेरै प्रयोग गरेको, त्यसअघि अमेरिकी राजनीतिमा त्यो स्तरको आर्थिक चलखेल कहिल्यै नहुने गरेको बताइन्थ्यो । ट्रम्पको राजनीतिक सफलता सबैका लागि अपत्यारिलो र आश्चर्यजनक थियो ।

ट्रम्पको ४ वर्षे कार्यकालमा अमेरिकी अर्थतन्त्रमा कुनै सुधार भएन । उनले प्रत्येक घटनाको दोष चीनलाई लगाउन थाले । विश्वको सबैभन्दा धनी र शक्तिशाली भनिएको देशमा बेरोजगारी झनझन बढ्दै गयो । अहिले ३ करोड बढी मानिस बेरोजगार भइसकेको छन् । अमेरिकामा बेरोजगारीको अनुपात १० प्रतिशतभन्दा माथि पुगेको यो पहिलो पटक हो । करिब ३५ लाखले बेरोजगार भत्ताका लागि यसबीचमा निवेदन दिएका छन् ।

कोरोना संकटको तीन महिनाभित्रै अमेरिकी जनताले ट्रम्पको महान अमेरिकाको नारा खोक्रो हो भन्ने राम्ररी बुझे । संसारको सबैभन्दा धनी देशसंग कुनै ‘हेल्थ केयर सिष्टम’ थिएन, ‘हेल्थ इन्डष्ट्री’ मात्र थियो । अस्पतालहरुमा पर्याप्त स्वास्थ्य सामग्री र जनशक्ति थिएनन् । कोरोनाको सम्भावित जोखिमबारे ट्रम्प प्रशासनले राम्रो तयारी गरेन । फलतः अमेरिका अहिलेसम्मको तथ्यांकमा सबैभन्दा क्षति हुने देश बन्न पुग्यो । अहिलेसम्म करिब १९ लाख संक्रमित भइसकेका छन् । करिब १ लाख १० हजारको मृत्यु भइसकेको छ ।

विश्वको औसत मृत्युदरभन्दा अमेरिकामा मर्नेहरुको अनुपात ५ प्रतिशतले बढी छ । विश्वको औसत मृत्युदर ११ प्रतिशतमा झरेको छ भने अमेरिकाको करिब १६ प्रतिशत छ । विश्वका करिब २२५ देश, स्वायक्तत क्षेत्र र एकाईहरुको कुल तथ्यांकको ३० प्रतिशत संक्रमण अमेरिकामा मात्र छ भने विश्वभरि कोरोनाबाट मर्नेमध्ये २८ प्रतिशत अमेरिकी छन् । जबकि ताइवान, सिंगापुर, न्यूजील्याण्ड, दक्षिण कोरियाजस्ता साना देशहरुले कोरोना नियन्त्रणमा उल्लेखनीय सफलता पाएका छन् ।

एकातिर बेरोजगारीको समस्या, अर्कोतिर कोरोनाको भयावह संक्रमण र सार्वजनिक स्वास्थ्य सेवाको अभाव, त्यसमाथि प्रहरीको नश्लवादी व्यवहारले मानिसलाई आक्रान्त बनाउँदै लगेको छ । महान भनिएको राष्ट्रको आन्तरिक खोक्रोपनले आमनिराशाको स्थिति सृजना भएको छ ।

यो निरासाबाट डेमोक्रयटसहरुले राजनीतिक फाइदा उठाउन खोजिरहेका छन् । तर युवा पुस्ता डेमोक्र्याट्सहरुसँग पनि खासै सन्तुष्ट छैनन् । अमेरिकाको युवा पुस्ता, काला, हिस्पानिक र अन्य अमेरिकनहरुले बर्नी स्यान्डर्समा आशाको किरण देखेका थिए । स्यान्डर्सले लामो समयदेखि निरन्तर निशुल्क शिक्षा र स्वास्थ्य सेवाको सवाल उठाउँदै आएका थिए । सन् २०१६ को डेमोक्र्याटिक प्राइमरमा पनि उनी अन्तिम २ भित्र थिए । यसपटक पनि अन्तिम २ भित्र पुगे । तर डेमोक्र्याटिक नेश्नल कन्भेन्सनलले दुबै पटक स्यान्डर्सको उम्मेदवारी स्वीकार गरेन ।

सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टन उम्मेद्वार बनिन् । उनी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी थिइन । यसपटक जो वाइडनले टिकट पाए । उनी ओबामा कार्यकालका उपराष्ट्रपति हुन् । प्रतिपक्षी डेमोक्र्याटिक पार्टी क्लिन्टन–ओेबामाको निजी कम्पनी जस्तो बनेको, दुवैपटक स्यान्डर्सलाई षडयन्त्रमुलक ढंगले रोकिएको हो भन्ने भावना युवा, काला, हिस्पानिक र अन्य अमेरिकनहरुमा बढ्यो । उनीहरुले मन अड्याउने ठाउँ पाएनन् ।

सन् २०१६ को निर्वाचनमा स्यान्डर्सलाई रोक्नुको कारण महिला उम्मेद्वारको सम्भावनालाई मानिएको थियो । डेकोक्र्याटिकहरुले ‘हाम्रो पार्टीले पहिलो अश्वेत राष्ट्रपति बनाइसक्यो, अब पहिलो महिला राष्ट्रपति बनाउँछौं’ भन्ने नारा दिएका थिए । तर, यसपटक स्यान्डर्सलाई किन रोकियो ? कुनै चित्तबुझ्दो उत्तर डेमोक्र्याट्सहरुले दिन सकिरहेका छैनन । जो वाइडेन स्यान्डर्स भन्दा धेरै कमजोर व्यक्तित्व भएका उम्मेद्वार हुन । युवा डेमोक्र्याट्सहरु भन्दैछन्– ‘पार्टी क्लिन्टन–ओबामाको साझेदारी कम्पनि हैन ।’

अर्थात् अमेरिकामा बढ्दै गएको असन्तुष्टि र विरोध प्रदर्शन दुई पार्टीले सृजना गरेको असन्तुष्टि पनि हो । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम लोकप्रिय मतमा आधारित हुँदैन, निर्वाचक मण्डलको बहुमतमा आधारित हुन्छ । यस्तो निर्वाचन प्रणालीमा तेस्रो पार्टीको जन्म निक्कै गाह्रो बिषय बन्दछ ।

यो वर्ष अमेरिकी राष्ट्रपतिय निर्वाचनको वर्ष पनि हो । आउने नोभेम्बरमा त्यहाँ नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुनेछ । अन्ततः मतदाताहरु ट्रम्प र वाइडेनबीच एकलाई छनौट गर्नुपर्ने बाध्यतामा पुग्नेछन् । ट्रम्पको ४ वर्षे शासनकाल राम्रो नरहेको सन्दर्भमा वाइडेनले बाजी मार्ने आशा गर्नेहरु धेरै छन् ।

तर अमेरिकी मतदाताहरुको मनोविज्ञान विचित्र प्रकारको हुन्छ । सामान्यतः अमेरिकी राष्ट्रपतिहरुले २ कार्यकालका लागि चुनाव जित्ने गरेका छन् । ट्रम्प त्यसको अपवाद हुन्छ कि हुँदैनन् भन्न सकिन्न । राजनीतिक द्वन्द्व बढ्नै गएमा गोरा र रैथाने मतदाताले ट्रम्पका गल्ती र कमजोरीहरुलाई क्षमा गर्दिने सम्भावना बढेर जान्छ । यसो भएमा फेरि ट्रम्प नआउलान भन्न सकिन्नँ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...