9.5 C
Alba Iulia
Sunday, October 25, 2020
No menu items!

वर्तमान समयमा भर्चुअल कक्षा शिक्षणको आवश्यकता

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

हस्त बहादुर बुढा
(शिक्षक)
विश्वमा देखिएका नवीनतम सूचना प्रविधिमा आधारित शिक्षण सिकाइको एक वैकल्पिक कार्यक्रम नै भर्चुअल सिकाइ हो । विद्युतीय सिकाइको सरल प्रभावकारी माध्यम नै भर्चुअल सिकाइ हो । यो एउटा अनलाइनमा आधारित सिकाइ हो । यो सिकाइ वर्तमान परिवेशमा प्रविधिमैत्री सिकाइको रुपमा सावित भएको छ । सिकाइलाई प्रभावकारी बनाउन सूचना र सञ्चारका साधनहरु र त्यसको प्रयोग गरी शिक्षक र विद्यार्थीबिच अन्तरक्रिया गर्ने,खुला र लचिलो रुपमा इन्टरनेट,सिडीरोम,भिडियो, कन्फेरेन्स, तथा अन्य उपयोगी सफ्टवेयर प्रयोगमार्फत सञ्चारका माध्यमहरु प्रयोग गरी व्यवस्थित तरिकाले सहजीकरण गरिने सिकाइ भर्चुअल शिक्षण हो ।
भर्चुअल शिक्षणको उद्देश्य ।
शिक्षामा पहुँच गुस्तर अभिवृद्धि गर्नु हो । शिक्षण प्रक्रिया ,शिक्षक तालिम कार्यको कक्षाकोठामा प्रयोग गर्न, समावेसी र सिर्जनात्मक र समाधानमुखी शैक्षिक क्रियाकलाप सञ्चालन गर्नको लागि शिक्षकको विकल्पको रुपमा प्रयोग गरिने प्रविधिमैत्री सिकाइ प्रदान गर्ने मुख्य उद्देश्य रहेको छ ।


सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठाभित्रको शिक्षण सिकाइमा इन्टरनेट जडान गरी सिकाइलाई प्रविधिमैत्री,खुला र विश्वव्यापी बनाउने माध्यम भर्चुअल शिक्षण हो । श्रव्यदृश्य सामग्री मार्फत विषयगत शिक्षकको अभाव भएका तथा सिकाइलाई विश्वव्यापी,खुला तथा अन्तराष्ट्रियकरण गर्न चाहाने विद्यालयहरुले इन्टरनेटको माध्यमबाट आफ्नो विद्यालयको कक्षा कोठामा बसेर पढ्न पाउने आधुनिक शैक्षिक प्रविधि भर्चुअल सिकाइ हो । भर्चुअल सिकाइका लागि अनिवार्यरुपमा इन्टरनेट तथा टेलिभिजन सेटको आवश्यक पर्दछ ।
भर्चुअल सिकाइको प्रयोगले शिक्षक र विद्यार्थीको सिकाइ प्रणालीलाई सहज,व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्दछ । साथै सिकाइ स्तरलाई अन्तराष्ट्रियकरण गर्दछ । आधुनिक नवीनतम शैक्षिक प्रविधिहरुमा भित्रिएका शिक्षण पद्धतिहरुमा ई–कलास,भर्चुअल कलास,टेक्नो ल्याप, स्र्माट बोर्ड ,ई पाटी लगायतका प्रविधिहरु भित्रिएका छन । यी प्रविधिहरु मध्येको एक भर्चुअल कलास हो । यो प्रविधिलाई नेपालको शिक्षण प्रक्रियामा लागु गरिएको छ ।

वर्तमान विश्व परिवेशमा शैक्षिक नीतिहरु आधुनिक शिक्षण प्रविधिमा लम्किरहेको यो चुनौतीपूर्ण अवस्था र माहामारीको समयमा भर्चुअल कक्षा शिक्षण अति आवश्यक देखिन्छ । प्रत्यक्षरुपमा शिक्षक र विद्यार्थी उपस्थित भएर शिक्षण गर्न नसकिने अवस्थामा यो उपयूत्त शिक्षणको विकल्पको माध्यम हुनसक्छ । शिक्षक अभाव भएका विद्यालयहरुमा शिक्षकको विकल्पको रुपमा यसको प्रयोग गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा भर्चुअल कक्षाको नीतिगत व्यवस्था आ.व.२०७२÷०७३ देखि साविकको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडव्याण्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी,गणित र विज्ञान विषयको अध्यापन गर्न सुरु गरेको थियो । यस कार्यक्रमलाई निरन्तरता दिदै आ.व. २०७३।०७४ मा १०० वटा र आ.व.२०७४।०७५ मा ६५ वटा गरी १६५ वटा विद्यालयमा मल्टिकास्टिङ प्रविधिबाट व्यान्डविथ शुल्क सहित प्रविधि जडान गरी भर्चुअल कक्षाको सुरुवात गरेको थियो । हाल ब्रोडकास्टिङ पद्धतिबाट शिक्षा तथा मानव श्रोत विकास केन्द्रले कक्षा १० का अनिवार्य ६ वटा विषयमा ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा को ४०० वटा पाठहरु उत्पादन गरी नेपाल टलिभिजनबाट प्रसारण गरिरहेको छ । यसरी परियोजनाको रुपमा शैक्षिक प्रयोग मात्रै नभएर वर्तमान समयमा कोरोना भाइरस (कोभिड १९)को माहामारीले विश्व आक्रान्त परिरहेको वेला देशैभरका सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरुबाट भर्चुअल कक्षा सञ्चालन अति आवश्यक रहेको छ । विश्व (कोभिड १९) महामारीका कारण वतर्मान समयमा आवश्यकीय सेवा वाहेक अरु सवै सेवा वन्द भएको वेला भर्चुअल कक्षा शिक्षणको वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्नु पर्ने देखिन्छ । वर्तमान समयमा यो एक व्यवहारिक र प्रभावकारी शिक्षाको माध्यम बन्न सक्छ । तसर्थ वर्तमान समयमा भर्चुअल कक्षा शिक्षण आवश्यकताको बारेमा विषयगत चर्चा गर्ने प्रयास गरेको छु ।
वर्तमान समयमा भर्चुअल कक्षा शिक्षणको आवश्यकता
 सामाजिक दुरी कायम गरी शिक्षण सिकाइ गर्न सकिने भएकाले,
 बन्दाबन्दीमा पनि शैक्षिक गतिविधि सूचारु गर्न सकिने भएकाले ,
 भौगोलिक दुरदराजमा पनि डिक्सहोमको सेटबाट प्रशारण गरी बढी लाभ लिन सकिने भएकाले ,
 विद्यालयमा भएका दक्ष शिक्षकको अभाव जस्ता समस्या हल गरी शिक्षकको विकल्पको रुपमा प्रयोग गर्न सकिने भएकाले ,
 विषयवस्तुको शैक्षिक अन्यौल्ता हटाउन सक्ने भएकाले,
 विद्यालयको साधन स्रोत नभएका विद्यालयका विद्यार्थीहरुलाई सिक्ने अवसर प्रदान गर्ने भएकाले ,
 शिक्षाको नवीनतम शिक्षण प्रविधिको रुपमा प्रयोगमा आउने भएकाले ,
 सिकाइलाई चिरस्थायी बनाउन सहयोगी भूमिका खेल्ने भएकाले ,
 पढाइएका पाठहरुलाई रेर्कड गरी जुनसुकै समयमा प्रयोगमा ल्याउन सकिने भएकाले ,
 इन्टरनेटको पहुँच भएका र नभएका ठाउँमा पनि अनलाइन कक्षामा जोड्न सकिने भएकाले ,
 विद्यार्थीलाई स्वतन्त्र रुपमा सिक्ने अवसर प्रदान गर्ने भएकाले ,
 एकै समयमा एकै पटक एउटा शिक्षकले शिक्षण गरी धेरै विद्यार्थीकोहरुलाई सिकाइमा पहुँच पु–याउने भएकाले ,
 विद्यार्थीको सिकाइलाई अरुक्षेत्रका विद्यार्थीसँग तुलना शैक्षिक स्तर वृद्धि गर्न सहज पु–याउने भएकाले,
 शैक्षिक लगानीमा हुने अनावश्यक खर्च कम गर्न सकिने भएकाले ,
 शिक्षण सिकाइलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवसर प्रदान गर्ने भएकाले ,


वर्तमान समय विश्व बन्दाबन्दीमा भइरहँदा शैक्षिक गतिविधिहरु सूचारु गर्न तथा सुगम तथा दुर्गमका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुबीच देखिने डिजिटल डिभाइडरलाई कम गर्दै शिक्षामा समानता र न्यायपूर्ण प्रत्यभूति दिलाउन र अहिलेको एक्काइसौ शताब्दी अनुकुलको शिक्षण प्रणाली बनाउन, तथा उत्पादित जनशत्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विक्न सक्ने बनाउन, सहयोगी शिक्षणको रुपमा, एक वैकल्पिक माध्यको रुपमा भर्चुअल कक्षा शिक्षणलाई लिन सकिन्छ । तसर्थ संघीय ,प्रदेश र स्थानीय सरकारहरुले सम्भव भएसम्म भर्चुअल कक्षा शिक्षणको सुरुवात गर्नु जरुरी देखिन्छ । यसरी प्रविधिमैत्री भर्चुअल कक्षा शिक्षण सिकाइमा टेवा पु–याउन,र यसलाई पैरवी,प्रसार,सचेतना,उपलब्धता गराइ सङ्घ,प्रदेश र स्थानीय तहरुबीच सामजस्यता र सहयोग हुनु आवश्यक छ ।

(लेखक नेपाल राष्ट्रिय शिक्षक संगठन डोल्पाका सचिव हुनुहुन्छ ।)

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...