9.5 C
Alba Iulia
Tuesday, March 2, 2021
No menu items!

हाम्रो डोल्पा ।

Must read

फागुनबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट, मोटरसाइकल र कारमा यस्तो छ तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण सरकारी कार्यालयको सवारी साधनमा फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भएको छ । यातायात व्यवस्था...

कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो : प्रधानमन्त्री

२३ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । आफ्नो समूहले...

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई...

निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ — सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । संवैधानिक निकायमा संसदीय...

धर्मशिला रोकाया

कर्णाली प्रदेशको डोल्पा जिल्ला क्षेत्रफलका हिसाबमा नेपालको सबैभन्दाठुलो एक हिमाली जिल्लाहो ।जिल्लाको कूल क्षेत्रफल७,९३२.५ वर्ग कि.मि रहेको छ जुन देशकोे कूल क्षेत्रफलको ५.३८% हुनआउँछ (जिल्लापाश्र्वचित्र, २०५८) । पूर्वमा मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममाजुम्ला र मुगु, दक्षिणमा जाजारकोट, रुकुम, म्याग्दी र मुस्ताङ जिल्ला तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत छ ।


साविक जुम्ला जिल्लाको तिब्रीकोट दराको रुपगाँड, सुलीगाड खालादेखि पूर्वतर्फका २२ गाउँको क्षेत्र, साविक बाग्लुङ जिल्लाको आठहजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पूर्ण क्षेत्रफलको ७५% छार्का भोट साढे दश थपौलाले ओगटेको छ । यस क्षेत्रालाई १२ डालील्हागु पनि भनिन्छ । स्थानीय भाषामा यस क्षेत्रलाई त्होल्भो भनिन्छ ,जसको अर्थ पहिरो जस्तो चारैतर्फ बाट मानिस जम्मा हुनु हो । वि.सं. २०१७ सालभन्दा पहिले स्वदेशी तथा विदेशी लेखकहरूले निकालेका लेख, पुस्तक र नक्शाहरूमा त्होल्भोको सट्टा डाल्पो (उच्चारण, बुझाइ र लेखाइमा फरक पर्न गएकोले) उल्लेख गरेको पाइन्छ । यसैका आधारबाटवि.सं.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नामडोल्पो रहेको थियो । यही नाम परिवर्तन हुन गई हाल यस जिल्लालाई डोल्पा नामले चिनिन्छ । यो जिल्ला २०१८ सालदेखि २०३२ सालसम्म धौलागिरी अञ्चलमा थियो र पछि २०३२ सालमा यसलाई कर्णालीअञ्चलमा गाभिएको हो । यस जिल्लाको सदरमुकाम शुरुमा ताराकोट (शहरतारा गा.वि.स.) मा रहेको थियो भने २०२२ सालमा दुनैमा सारिएको थियो ।
यस जिल्लाको अवस्थिति २८०२४’ देखि २९०४३’ उत्तरी अक्षांश र ८२०२४’ देखि ८३०३८’ पूर्वी देशान्तरसम्म फैलिएको छ । उच्चहिमश्रृङ्खला, पहाड, लेक र खोँच वेशीहरूमा छरिएर रहेका बस्ती एवम् ठूलो भौगोलिक क्षेत्र भएको यो जिल्लाको भौतिकपूर्वाधार निर्माण र त्यसको दीगो सञ्चालन निकै खर्चिलो हुने अवस्था छ । जिल्लाको पुनसंरचना पश्चात यो जिल्ला माहाल २ वटानगरपालिका र ६ वटागाँउपालिका गरेर ८ वटा स्थानीयतहहरु रहेका छन् ।
डोल्पा जिल्ला भौगोलिक विशालता, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटन व्यवसायको प्रचुरता र जैविक विविधतामा सम्पन्नताले सजिएको अनुपम स्थलहो । समुद्र सतहबाट १५२५ देखि ७७५४ मिटर उचाई रहेको डोल्पा जिल्ला फोक्सुण्डो ताल, फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वको सर्वाधिक उचाईमा रहेको मानबबस्तिछार्का भोट, र्दुलभ काईके भाषालगायत अनेकन बहुमूल्य जडिबुटीहरु समेत पाईन्छ ।

समुद्री सतहबाट १,५२५ मिटर देखि ७,६२५ मिटरसम्मको उचाइमा फैलिएको डोल्पा जिल्लाको अधिकांस भुभागउच्चपहाडी क्षेत्रले ढाकेको छ । जिल्लाको कुल क्षेत्रफलमध्ये कृषियोग्य जमिनजम्मा ९३४० हेक्टर (१.१८ प्रतिसत) मात्र रहेको छ र खेती योय जमिन भध्य पनिजम्मा७०.२३ प्रतिशत भुभागमामात्र खेतीगरिएको छ । यस जिल्लामा हिमाली माटो पाइन्छ ।यहाँको माटो पत्थरिलो, क्ले र बलौटे किसिमको रहेको छ जसले गर्दा उर्वराशक्ति तुलनात्मक रुपले धेरै कम रहेको छ । यद्यपी यहाँको प्रमुख पेशा कृषिनै हो । परम्परागत कृषिले जिविकोपार्जन गरिरहेका डोल्पालीले कृषिबाटउच्चतम फाईदा लिन बैज्ञानिक रुपमा खेति विस्तार गर्नु पर्दछ । स्याउ, ओखर, आलु, सिमी, फापर जस्ता उत्पादनमा बृद्धिगरि निर्यात गरेर लाँखौ आम्दानी हाँसिल गर्न सकिने संभावना प्रशस्त रहेको छ । कृषिका अलवा पशुपालन तथा जडिबुटी पनि डोल्पालीको आयश्रोतकाअभिन्नअंग हुन ।

पर्यटकीय हिसावमा ७७५४ मिटरको धौलागिरी, ७३७१ मिटरको चुरेन, ७२४६ मिटरको माउन्टपुथा, ६२२१ मिटरको काञ्जीरोवा, ६६३८ मिटरको मुकोट, ६१०३ मिटरको डाँफे जस्ता अग्ला हिमचुलीहरुको अबस्थिति रहेको डोल्पा जिल्लाप्राकृतिक रुपमा अत्यन्त मनोरम तथा लोभलाग्दो छ । त्यसैगरि ५००० मिटर भन्दा अग्ला स्थानमा भएका भञ्ज्यागंहरु तथा ती भञ्ज्यागंबाट देखिने मनोरम प्राकृतिक दृश्यहरु हजारौ पटक हेर्दा पनि  हेरिरहु जस्तो लाग्ने छन ।
भेरी नदी र जगदुल्ला(सानो भेरी) नदी यस जिल्लाका मुख्यनदीहरू हुन् । सुलीगाँड, रुपगाँड, जैरीगाड ,पालंगगाड, कुरबगाड, मालीगाड, कोलागाडआदिबीसौ सहायकनदीहरू छन । भेरी नदी समुद्र सतहबाट ३,६३१ मि. को उचाइमा अवस्थित धौलागिरी हिमश्रृङ्खलाको षृष्ठभागबाट निस्केको छ । यो नदीले जिल्लाको मध्यभागबाट दुई पाटा पारेर बगेको छ । यो जिल्लाको सबैभन्दाठूलो नदीहो । जगदुल्ला नदी कागमारा हिमालबाटउत्पत्तिभएको छ ।
नेपालको गहिरो तालफोक्सुण्डो ताल पनि डोल्पा जिल्लामा नै पर्दछ । समुद्र सतहबाट ३६१३ मिटर उचाइमा रहेको छ । यसलाई रिग्मो तालपनिभनिन्छ । यो ताल नेपालको सबैभन्दा गहिरो तालको रुपमा पनि चिनिन्छ । यहीतालको पानी बगेर १६७मि. लामो सुलीगाड भरना बग्दछ, जुननेपालको सबैभन्दाउचाइमा रहेको झरना हो । त्यसैगरि जगदुल्ला  गाँउपालिकामा रहेको जगदुल्लाताल, सुन्दह,दुधकुण्ड तथा सुक दह, पाहाडा र लिकु गा.वि.स.कात्रिपुरासुन्दरी नगरपालिका पर्ने खालीदह, ठुलीभेरी नगरपालिकामा पर्ने जैरी र ज्ञाने ताल,ग्यालमारा, छमकुने र सुन दह, ल्हाको करबगाड खोलाको मुहानमा रहेको चौथारा कोच्यारा र नाहुरको नाछिर ताल तथा अन्य हिमताल र सानादह (पोखरी) हरुले यस जिल्लाको शोभा बढाउनका साथै पर्यावरण संरक्षमा समेत महत्वपुर्ण योगदान पु¥याएकाछन् ।

विभिन्न धार्मिक शक्तिपिठहरु पनि डोल्पा जिल्लाका सम्पति तथा गहनाको रुपमा चिनिएका छन । जिल्लाको प्रख्यात बालात्रिपुरा सुन्दरी देवीमन्दिर, छलमा रहेको मष्टाभवानीको मन्दिर, काँडातालीमा रहेको मष्ठाभवानीको मन्दिर,जुफालको मान्मामन्दिर लगाएत विभिन्न स्थानमा रहेका मन्दिर हरु, बौद्ध धर्मको पहिचान झल्काउने शे मा रहेको शे गुम्वा, लावनमा रहेको साम्तालिगगुम्वा, भिजेर, तिन्जे जस्था स्थानमा रहेका विभिन्न पुरातात्विक गुम्वाहरुले पनि जो कोहीलाई लट्ठ पार्न सक्छन ।
पर्यटकीय हिसावमा प्रचुर संभावना बोकेको भएता पनिपर्यटन विकास जिल्लाको योजना मात्र सिमित  भएको छ । उपलब्ध पर्यटकीय गन्तव्यहरु हुँदाहुँदै पनि सोही अनुसारको प्रचार प्रसार, सेवाविस्तार तथा सञ्जाल निर्माणको कामहुन सकेको छैन । बाह्य पर्यटकलाई मात्र पाहुना मान्ने हामीआन्तरीक पर्यटनतर्फ सोच्न समेत सकेका छैनौ । यस तर्फ सबैले कर्म गर्न सकेमा डोल्पाले लगानी भन्दा कँयौ गुना बढी प्रतिफल पर्यटन बाटउठाउन सक्छ ।

प्राकृतिक सुन्दरता, मनोरम प्राकृतिक दृष्यतथाप्राकृतिक सम्पदाहरु, ऐतिहासिकधार्मिक सम्पदाहरु, फरक किसिमको संस्कृति तथा रितिरिवाज, , बहुमुल्य गैह्र काष्ठवन पैदावरहरु, मिलनसार र परिश्रमी डोल्पाली तथा अर्गानिक कृषि उत्पादन, पशुपालन जस्ता श्रोत, सम्पदा, तथाअथाहाविकासका संभावनाहरु ले भरिपुर्ण भएतापनिडोल्पाजिल्लाले यीश्रोत तथा संभावनाहरुको सदुपयोग गरि जिल्लाको विकासलाई तिब्रता दिन सकेको छैन । जिल्लामा भएका  मुल्यवानश्रोत तथा विकासका प्रचुर संभावनाहरुको प्रभावकारी पहिचान गरि दिगो विकास गरेर जिल्लाको आर्थिक सामाजिक तथा वातावरणीय क्षेत्रको सुधार गर्नु हरेक जिल्लाबासीको आबश्यक्ता तथा जिम्मेवारी हो ।
(तथ्याकं श्रोत जिल्ला पाश्र्वचित्र डोल्पा २०७१)

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

फागुनबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट, मोटरसाइकल र कारमा यस्तो छ तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण सरकारी कार्यालयको सवारी साधनमा फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भएको छ । यातायात व्यवस्था...

कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो : प्रधानमन्त्री

२३ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । आफ्नो समूहले...

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई...

निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ — सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । संवैधानिक निकायमा संसदीय...

संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए, ‘भोलि पुस १५ गते बिहान...