Thursday, October 24, 2024

त्रिशुली जाँदै गरेको बस दुर्घटना : २ को मृत्यु, ३० यात्रु घाइते

Share

असोज २६, नुवाकोट – नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो।

घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रम जारी छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Read more

Local News