असोज २६, सिन्धुली – सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।
बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी यादवले बताए ।