9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, १२ को भने पुरानै प्रणालीबाट

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ ।

माध्यमिक तहको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । कक्षा १२ को परीक्षाको हकमा कानुन स्पष्ट उल्लेख भएका कारण थप कुनै नीतिगत निर्णय गर्नु नपर्ने र समय अनुकूल भए लगत्तै बोर्डले नै परीक्षा सञ्चालन गर्ने जानकारी सम्बन्धित अधिकारीले दिएका छन् ।

यो निर्णय कार्यान्वयनमा ल्याउन राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउने निर्णय पनि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गरेको छ । साथै परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधार लगायतका विषयमा कार्यविधि स्पष्ट गरिने महानिर्देशक दाहालले बताउनुभयो ।

बोर्डले नै विद्यार्थीको अन्तिम अभिलेख हेर्ने र शैक्षिक प्रमाणपत्र समेत जारी गर्ने भएकाले कार्यविधि बनाउने अधिकार बोर्डलाई दिइएको हो । यसका साथै हाल स्थगित अवस्थामा रहेका कक्षा ११ का परीक्षा सञ्चालन तथा मूल्याङ्कन अब विद्यालयबाटै हुनेछ । विद्यालयले अन्तिम मूल्याङ्कन गरिदिएपछि कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई कक्षा १२ मा अध्ययन गर्ने बाटोसमेत खुल्नेछ । साथै ती विद्यार्थीमा लामो समयदेखि रहेको अन्योलसमेत अब हट्ने भएको छ । गत वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ को परीक्षा कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन छ । यसअघि सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम मूल्याङ्कन गर्ने अधिकार एक पटकका लागि विद्यालयलाई नै दिने निर्णय गरेको थियो । अर्को पटकबाट कक्षा १० को परीक्षा प्रदेशबाट सञ्चालन गर्नेगरी कानुनी व्यवस्थापन गर्ने सरकारी योजना छ ।

माध्यमिक तहको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । कक्षा १२ को परीक्षाको हकमा कानुन स्पष्ट उल्लेख भएका कारण थप कुनै नीतिगत निर्णय गर्नु नपर्ने र समय अनुकूल भए लगत्तै बोर्डले नै परीक्षा सञ्चालन गर्ने जानकारी सम्बन्धित अधिकारीले दिएका छन् । कक्षा १२ को पनि परीक्षा स्थगनकै अवस्थामा छ । उक्त परीक्षा गत वैशाखमा सञ्चालन गर्ने कार्यतालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो तर सरकारको निर्देशनपछि चैत ५ गते परीक्षा रोकिएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...