जयकर्ण बुढा
सलह के हो ?
सलह फट्याङ्ग्राको एक प्रजाती र एक विश्वकै खतरनाक आप्रवासी कीरा हो साथै यो किरा समूहमा बस्न मन पराउँछ । सलह एक किसिमको फौजी किरा हो जसले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ। सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ। यो किरा सामान्य फट्याङ्ग्राभन्दा ठूलो र पछाडिको खुट्टा लामो हुने गर्दछ र यसैकारण यसको उफ्रने क्षमता बढी हुने गर्दछ। सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोड जति सलह हुन्छन् । सलह किराले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्यालउँछ ।सलहहरु हावाको गतिमा निर्भर गर्दै एक दिनमा करिब १५० किलोमिटरसम्म यात्रा गर्ने क्षमता हुन्छ । यी किराहरु दिनको समयमा उड्छन् र सबै प्रकारको बोटबिरुवा र बालिहरुमा क्षति पुर्याउछन। यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।विज्ञहरु भन्छन् ‘मरुभूमि सलहको सानो झुण्डले पनि एकै दिनमा १० हात्तीवा २५ ऊँट वा २५०० मानिसले खानेजति खाना खान सक्छन् ।
सलहको सुरुवात
सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ ।२०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो।२०२० को मे महिनामा नै भारतको ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, गुजरात तथा उत्तर प्रदेशमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो।
हामी किन ?डराउने|
नेपालमा जोडिएका भारतीय भू–भागहरू जस्तै– उत्तराखण्ड र उत्तरप्रदेश हुदै नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट नेपाल धेरै जिल्लाहरुमा देखा परिसकेको सलह किरा डोल्पामा पनि देखा परिसकेको छ।
त्यस्तै डोल्पाकै ठुलोभेरी नगरपालिका–९ मा पनि बिहान यस्तै प्रकारको किरा आकाशमा उड्दै गरेको जानकारी प्राप्त गरेको वागवानि विकास केन्द्र जुफालका प्रमुख सम्पत्ति बुढाले जानकारी दिनुभयो साथै किसानले सलह किरा जिल्ला कृषि विकास कार्यलय दुनै मा पुर्याकयको भन्दै फेस्बुकमा साभार गरिएको थियो। हामीले सलह किराको नियन्त्रणमा ढिलाइ गर्यौि भने डोल्पाली किसानले ठुलो क्षेत्री भोक्नु पर्ने छ।
स्थानीय स्तरमा क्षति कम गर्ने केही उपायहरु:–
१।अन्य घरेलु विधिः
– जाल वा झुलको पासो थाप्ने
– पातमा पिठो वा खरानी छर्किने
– सलहले प्रजनन गर्न सक्ने ठाँउ नष्ट गर्ने
– लसुन पानीको झोल छर्कने र झोल मलको प्रयोग गर्ने
२। झुण्ड तितरबितर पार्नः
–आगो बाल्ने
–धुवाँ लगाउने
३। ध्वनीको प्रयोगः
–थाल ठटाउने
–ड्रम बजाउने
–स्पीकर बजाउने
४।शिकारीको प्रयोगः
– हाँस जस्ता चराहरुले सलह खानसक्ने भएकोले यसको उचित प्रयोग गर्ने
– माकुराको प्रयोग गर्ने
– छेपाराहरुको उचित व्यवस्थापन गर्ने
५। रसायनिक कीटनाशकको प्रयोगः
–मालाथियन, डाईजिनन, प्रोपिनल, बोरिक एसिड, क्लोरपाइरिफोस, ग्रीन मसल र अन्यको उचित प्रयोग गर्ने।
३बिसादिको सामान्य नामस्( मालाथियन ५०५ भ्अ
(खास बीस हेक्टर स्(९२५ ग्राम
(बिसादी लिटर पानी हेक्टर स्(३ मि ।लि।
(बिसादी रहेक्टर स्(१८५० मि। लि।
(तयारी झोल हेक्टर स्(६००
३बिसादिको सामान्य नामस्( क्लोरोपाइरिफस२०५ भ्ऋ
(खास बीस हेक्टर स्(२२५ ग्राम
(बिसादी लिटर पानी हेक्टर स्(१८८ मि। लि।
(बिसादी रहेक्टर स्(११२५ मि। लि।
(तयारी झोल हेक्टर स्(६००
३बिसादिको सामान्य नामस्( डेल्टामेथृन २।८५ भ्ऋ
(खास बीस हेक्टर स्(१३।५ ग्रम
(बिसादी लिटर पानी हेक्टर स्(०।७५ मि। लि।
(बिसादी रहेक्टर स्(१२० मि। लि।
(तयारी झोल हेक्टर स्(६००
३बिसादिको सामान्य नामस्( ल्याम्डा साहिहेलोथृन ५५ भ्ऋ
(खास बीस हेक्टर स्(२० ग्रम
(बिसादी लिटर पानी हेक्टर स्(०।७०मि। लि।
(बिसादी रहेक्टर स्(४०० मि। लि।
(तयारी झोल हेक्टर स्(६००
प्रकोप धेरै देखिएको ठाँउमा नेपालले पनि छिमेकी भारत जस्तै हवाईजहाज, ड्रोन जस्ता उपकरणहरुको माध्यमबाट थोरै मात्रामा अर्गानोफोस्फेट तथा माथि उल्लेखित विषादी छिट्न सकिन्छ
लेखक जयकर्ण बुढा
बि,एस,सी, एजी
ठुलीभेरी नगरपालिका ८ जुफाल डोल्पाको हुनुहुन्छ ।