9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

साझा र विवेकशीलबीच फेरि एकता प्रयास

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

२८ असार, पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् ।

नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरिसकेको छ ।

साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो । २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा (हालको बागमती प्रदेशसभा) मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए ।

२७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।

त्यसअनुसार विवेकशीलले राजनीतिक सम्वाद समितिलाई वार्ताको जिम्मा दिएको छ । महासचिव निर्देश सिलवालको संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य छन् । ‘हालसालै अनौपचारिक कुराकानी भएपछि हामीले उहाँहरुलाई वार्ता गर्नुस् भनेका छौं । तर सम्वाद सुरु भएको छैन’ विवेकशीलका एक नेताले भने ।

साझा पार्टीले पनि आइतबार राजनीतिक सम्वाद समिति बनाएको छ । ‘समान विचार भएका विवेकशीलसहितका पार्टी र समूहसँग सम्वाद गर्ने गरी समिति बनेको हो’ एक नेताले भने ।

समितिमा केशव दाहाल र समिक्षा बास्काेटाको नाम पक्का भएको छ भने तेस्रो सदस्य टुंगो लागेको छैन । पार्टी संयोजक रवीन्द्र मिश्रले किशोर थापा र किरणकृष्ण श्रेष्ठ मध्ये एक तोक्नेछन् ।

आचार्य र खनाललाई धन्यवाद

आइतबार बसेको साझा पार्टीको बैठकले डा. आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ । दुबै पार्टीमा असन्तुष्ट थिए र शनिबार बसेको सचिवालय तथा आइतबार बसेको केन्द्रीय समितिकोे बैठकमा सहभागी भएनन् ।

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् । दुबै पार्टी संरचनामा नबस्ने सम्भावना छ ।

प्रवक्ता डा. आचार्यले भने पार्टी संयोजक मिश्रसँग सल्लाह गरेर नै बैठकमा नगएको बताए । ‘पार्टीमा केही पेचिलो बहस भइरहेको सत्य हो तर हामी वैकल्पिक शक्ति बनाउने उद्देश्यबाट विचलित भएका छैनौं’ आचार्यले अनलाइनखबरसँग भने, ‘पार्टीको संरचनामा नै रहने कि बाहिर बस्ने भन्ने फरक हुनसक्छ ।’

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...