Sunday, October 27, 2024

सन्दिप लामिछानेले धेरै विकेट लिएर बनाए नयाँ कीर्तिमान

Share

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्।

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै २ विकेट लिएका हुन्। अझै उनको एक ओभर बलिङ बाँकी छ।

यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन्।

उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा छ। उनले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए।

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो।

रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा २१ विकेट लिएका थिए भने बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तीन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

Read more

Local News