9.5 C
Alba Iulia
Friday, April 26, 2024
No menu items!

कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि, मृतकको सख्या १४० पुग्यो

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

५ भदौ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोराबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।

पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एकएक जनाको मृत्यु भएको छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा पर्साका दुई र धनुषाका एक जना समावेश गर्न बाँकी छ । त्यसैले कुल मृत्यु संख्या १३७ जना मात्र छ ।

यो पनि पढ्नुस्

  • काठमाडौं महानगरपालिका-४ का ७६ वर्षका पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको छ ।
  • ललितपुरको लुबु-१४ का ८६ वर्षका पुरुषको हृयाम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • दोलखाकी ३० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी २ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • सर्लाहीका मलंगवाका ४६ वर्षीय पुरुषको पनि पाटनमै मृत्यु भएको छ । उनको १ साउनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।
  • मोरङका बिराटनगर-६ सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ३ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिए ।
  • प्युठानको स्वर्गद्धारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • पर्साको वीरगञ्ज महानगर-१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणीमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई ३२ सउानमा वीरगञ्ज हेल्डकेयर कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो ।
  • सप्तरीका ७७ वर्षीय पुरुषको बलम्बुस्थित एपीएफ अस्पतालमा मृत्यु भएको छ । ३० साउनमा काठमाडौं आएका उनमा संक्रमण भएको ३२ गते पुष्टि भएको थियो । त्यसपछि ग्रिनसिटीमा भर्ना भएका उनलाई बिहीबार बलम्बु लगिएको थियो ।
  • बुधबार मृत्यु भएका धनुषाको नगराइन-३ फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना भएका उनलाई थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
  • वीरगञ्ज-२६ सुगौलीका ५८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थकेयर कोरोना अस्पताल रिफर भएका थिए ।

थप ८३८ कोरोना संक्रमणमा पुष्टि

पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा  उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

 

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...