Tuesday, October 22, 2024

विपक्षी कांग्रेस लगायतको उक्साहटमा जोशीले बचन तोडे अब महाअभियोगः नेकपा

Share

काठमाडौं – संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अयोग्य घोषित न्यायाधीश दीपकराज जोशी सर्वोच्च अदालत फर्किँदा धेरैले आश्चर्य माने । तर, सरकारसँग भद्र सहमति गरेर नै जोशी सर्वोच्चमा फर्किएको खुलासा भएको छ ।

सर्वोच्च अदालतमा फर्किएपछि भने जोशीले भद्र सहमति तोडेको सत्तारुढ नेकपाका नेताहरुको गुनासो छ ।

नेकपाको बहुमत रहेको संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि घरविदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएसँगै सर्वोच्चमा हाजिर भए । उनले अहिले दैनिक मुद्दा हेरिरहेका छन् ।

स्रोतका अनुसार जोशीले सर्वोच्च र्फकने तयारी गरेपछि कानुनमन्त्री भानुभक्त ढकालले उनीसँग कुराकानी गरेका थिए । जोशीले ‘फेस सेभ’ का लागि एकाध मुद्दा हेर्ने र राजीनामा दिने बचन दिएको कानुनमन्त्री निकट स्रोतको दाबी छ ।

तर, सर्वोच्च फर्किएपछि जोशीले राजीनामा दिएनन् । विपक्षी कांग्रेस लगायतको उक्साहटमा जोशीले बचन तोडेको हुन सक्ने नेकपाका नेताहरुको विश्लेषण छ ।

हाल चीन भ्रमणमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वेदश फर्किए लगत्तै जोशीविरुद्ध महाअभियोग दर्ता हुन सक्ने संकेत एक नेताले गरे ।

Read more

Local News