9.5 C
Alba Iulia
Wednesday, October 28, 2020
No menu items!

ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

काठमाडौं । देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।

कोइरालालाई नेपाल सरकार (मन्त्री स्तर) बाट निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिलने नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

को हुन् कोइराला ?

कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन् । उनको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भए । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।

त्यसपछि पनि उनी खाली बस्नु, परेन एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।

२०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । त्यसबेला त उनी झन् विवादित भएका थिए ।

त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो ।

विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...