ठुलिभेरि नगरपालिकाले मिति२०७७मंसिर १६ बाट बिद्यालय खुलाउने निर्नय गरेकाे छ।ठुलिभेरि नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष गणेशबहादुर शाहिकाे अध्यक्ष्ातामा बसेकाे अाजकाे बैठकबाट बिधालय खुलाउने निर्नय भएकाे हाे।नेपाल सरकारले गरेको लकडाउन तथा विधालयको सम्बन्धमा गरेका निर्णयहरुका कारणले विगत लामो समयदेखि विद्यालयहरु बन्द भई पठनपाठन समेत बन्द हुन गएकाे थियाे। नियमित पढाई हुन नसकेको सन्दर्भमा,आजकाेे मितिबाट लागू हुने गरी कोभिड १९ भाइरस संक्रमक तथा नियन्त्रणको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरुलाई पालना गर्दै संक्रामक रोक नियन्त्रण ऐन २०२२ र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड १९ भाइरस संक्रमक तथा नियन्त्रणका लागि परिपालना गरिने मापदण्डहरु तथा निर्देशनहरुलाई मध्यनजर गर्दै यस नगरपालिकाका सबै विधालयहरुका व्यवस्थापन समितिले समन्वय तथा निर्णय गरी पठनपाठन गर्ने व्यवस्था मिलाउने निर्णय भएकाे प्रमुख प्रशासकृय अधिकृत लाेकबहादुर राणाले जानकारी दिएका छन्।नगर शिक्षा समितिले निर्नय गरेपनि बिधालय ब्याबस्थापन समितिकाे बैठक बसि मापदण्डअनुसार बिधालय संचालन हुने प्रमुख प्रशासकृय अधिकृत लाेक रानाले बताएका छन्।नगर शिक्षा समितिकाे निर्नय स्वागतयोग्य भएकाे शिक्षा बिकास समन्वय इकाई प्रमुख दल बहादुर बस्नेतले बताएका छन्।चैत ६ गतेबाट बिधालय ठप्प भयकाेमा याे निर्नय बाट समस्त अभिभावकहरू रमाइएका छन्।
ठुलिभेरि नगरपालिकाले गर्यो बिधालय खुलाउने निर्नय
