9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

रेलमार्गको अध्ययनमा छिमेकीको भर पर्दा अन्योल

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

सरकारले दुई छिमेकी देशसँग जोडिने प्रस्तावित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम उनीहरुकै जिम्मामा छाडेको छ । आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरुको भर पर्दा काममा ढिलाइ भएको छ । यसले भविष्यमा प्राविधिक, भू–राजनीतिक र अन्य उल्झन आइपर्न सक्ने विज्ञहरु बताउँछन् ।

चीनसँगको केरुङ–काठमाडौं र भारतसँगको रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढ्न सकेको छैन । विज्ञहरुका अनुसार अन्तरदेशीय रेलमार्गको विषय प्राविधिक मात्रै होइन, भू–राजनीतिक र रणनीतिक पनि हुन् । त्यसैले प्राविधिक रुपमा मात्र हेरेर निष्कर्षमा पुग्न नहुने उनीहरुको मत छ ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य १०–१५ करोडमा हुनसक्ने पूर्वसम्भाव्यता अध्ययन र एक–दुई अर्बमा हुनसक्ने डीपीआर तयारीको काममा पनि विदेशीको मुख ताक्दा समस्या देखिन थालेको बताउँछन् । राजनीतिक तहमा रेलमार्गबारे आधारभूत ज्ञानसमेत नभएका कारण नेपालको आवश्यकताअनुसार आफ्नै लगानीमा गरिनुपर्ने अध्ययन पनि अरुको जिम्मामा पुगेको उनको टिप्पणी छ ।

‘आफ्नै स्रोतबाट अध्ययन गर्न सकियो भने रेलमार्गलाई हाम्रो आवश्यकता र राष्ट्रिय हितअनुसार बनाउन सक्थ्यौं,’ उनी भन्छन्, ‘अरुमा निर्भर हुँदा काममा ढिलाइ त हुन सक्छ नै, भविष्यमा नेपालकोभन्दा बढी अरुको भू–राजनीतिक स्वार्थअनुसार रेलमार्ग बन्ने खतरा हुन्छ ।’

परियोजना निर्माणका लागि छिमेकी देशको आर्थिक सहयोग लिनु अपरिहार्य भएपनि अध्ययनकै चरणमा सबै प्राविधिक निर्णय उनीहरुले लिनसक्ने अवस्था बनाइनु गलत भएको डा. आचार्यको भनाइ छ ।

रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्य अध्ययनको काम सरकारले आफ्नै स्रोतबाट गराउँदा देशका इन्जिनियरहरुले विदेशी विज्ञ टिमसँग काम गर्न पाउने तथा त्यसले सीप र प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने बताउँछन् ।

‘पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाउँदा विदेशी कम्पनीसँगै विभागको इन्जिनियरको टिम लिडर र अरु इन्जिनियर सँगै हुन्छन्,’ उनी भन्छन्, ‘त्यसरी काम गर्दा हाम्रो आवश्यकता र सम्भावना जे हो, त्यसैअनुसार रेलमार्गका प्राविधिक विषय टुंग्याउन सहयोग पुग्छ । नेपाली जनशक्ति प्रशिक्षित हुन पनि पाउँछन् ।’

पूर्वमहानिर्देशक आचार्य अन्तरदेशीय रेलमार्गहरुको अध्ययन आफ्नै स्रोतबाट गर्दा बढी लाभ हुने बताउँछन् । केरुङ र रक्सौल जोड्ने रेलमार्गको प्रारम्भिक अध्ययनको क्रममा नेपाली प्राविधिकहरुले सिकाइको मौका पाउन नसकेको उनको स्वीकार्छन् ।

आचार्यकै पालामा यी दुवै रेलमार्गको प्रारम्भिक अध्ययनको जिम्मा सम्बन्धित मुलुकलाई दिइएको थियो । उनका अनुसार नेपालले सहजै गर्न सक्ने खर्च जोगाउन अरुलाई अध्ययनको जिम्मा लगाउनु सही नभए पनि दुई देशबीचको सम्बन्ध, तत्कालीन अवस्थामा यसबारेको उच्चस्तरीय चासो र जिम्मा दिनबाट रोक्ने प्रयास गर्दा विभागमाथि उत्पन्न हुने आशंकाका कारण प्रारम्भिक अध्ययनको समझदारी भएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...