9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

कर्णाली प्रदेश सरकार ढल्ने सम्भावना कति ?

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

सुर्खेत, यतिबेला कर्णाली प्रदेश सरकार ढाल्ने र बचाउने सम्बन्धमा चलखेल भइरहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई ढाल्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने योजनामा नेकपा एमालेको एउटा पक्ष क्रियाशील देखिन्छ भने एमालेकै अर्को पक्षले वर्तमान सरकारलाई जोगाइरहने दिशामा भूमिका निर्वाह गरिरहेको छ ।

४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् । एमालेका २० मध्ये पनि आधाजसो सांसद माधवकुमार नेपाल पक्षका छन् । माओवादी केन्द्र नेतृत्वको सरकारलाई ओली पक्षले समर्थन फिर्ता लिएको घोषणा गरेलगत्तै माधव पक्षले समर्थन कायम रहेको घोषणा गरेको छ । केपी पक्षधर नेता यामलाल कँडेलले प्रदेश सरकारलाई बिदा गर्ने रणनीति निकै अघिदेखि बनाएका भए पनि उनी सफल हुन सकिरहेका छैनन् । सरकार ढाल्ने यो उनको दोस्रो प्रयास हो । तर, यो पटक पनि कँडेललाई धक्का लाग्न सक्ने देखिन्छ ।

कँडेलले बुधबार एमालेका १० जना सांसदहरुलाई सहभागी गराएर संसदीय दलको बैठकबाट सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरे । तर, एमालेभित्रै माधव नेपाल पक्षले भने कँडेललाई साथ दिएन । कँडेल पक्षधरले निर्णय गरेको केही बेरमै माधव पक्षले कँडेल पक्षले गरेको निर्णयको प्रतिवाद गर्नुका साथै सरकारलाई आफ्नो समर्थन कायम रहेको दावी ग¥यो ।

एमालेभित्र द्वन्द्व चर्किएको समयमा मुख्यमन्त्री शाहीले आफुसँग स्पष्ट बहुमत रहेको दावीसहित राजीनामा नदिने प्रस्ट पारिसकेका छन् । ‘मसँग २२ जना सांसद हुनुहुन्छ । मैले किन राजीनामा दिने ?’ मुख्यमन्त्री शाहीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

अहिले एमालेको माधव नेपाल समूहका ९ जना र माओवादी केन्द्रका १३ जना (एक जना एमालेमा गएका) सांसदको समेत आफूलाई समर्थन रहेको मुख्यमन्त्रीको भनाइ छ । एमालेको एक समूहले समर्थन फिर्ता लिने बुधबारको कदमलाई ‘गुटको निर्णय’ भनेर एमालेकै अर्को समूहले प्रतिवाद गरिरहेको अवस्थामा प्रदेश सरकारको भविष्य के होला भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।

मुख्यमन्त्री शाहीले आवश्यक परको खण्डमा उचित समयमा संसदबाट विश्वासको मत लिन सक्ने संकेत पनि गरेका छन् । यद्यपि एमाले भित्रकै किचलो किनारा नलाग्दा सरकार ढल्ने सम्भावना टर्ने आँकलन गरिएको छ ।

एमाले सांसदलाई कारवाहीको धम्की दिँदै ओली पक्ष

ओली पक्षका सांसद गुलाबजङ्ग शाह संसदीय संरचनामा बहुमतको सरकार निर्माण गर्नका लागि २१ जना सांसदको समर्थन चाहिनेमा एमालेसँगै २० सांसद रहेको उल्लेख गर्दै १३ जना सांसद रहेको दलले सरकारको नेतृत्व गर्ने विषय आफैमा अशोभनीय भएको बताउँछन् । ‘सरकार बन्नका लागि न्युनतम २१ जना सांसद चाहिन्छ भनेपछि सरकार बन्ने र ढल्केबारे तपाईहरु आफै विश्लेषण गर्नुस् न,’ उनले भने । तर एमालेकै करिब ५० प्रतिशत सांसदले सरकारलाई समर्थन गरिरहेको तथ्यलाई भने उनले उपेक्षा गरे । उनले भने, ‘एमाले संसदीय दलले गरेको निर्णयलाई औपचारिक रुपमा प्रदेश प्रमुख र सभामुख समक्ष जानकारी गराई सकेपछि त्यो सरकार बहुमतको भयो कि अल्पमतको ?’

उनले आफ्नै पार्टीका बागी सांसदहरुलाई धम्की दिँदै भने, ‘संसदीय दलको निर्णय नमान्ने सदस्यहरुले के भोग्नु पर्छ, त्यो हामीलाई थाहा छ ।’ शाहले चैत ५ गतेदेखि प्रदेश सरकारले गरेका कुनै पनि काम मान्य नहुने बताए । उनले भने, ‘सरकार अल्पमतमा परिसक्यो, ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार राजीनामा दिनुपर्छ कि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।’

माधव पक्षबाट ओली पक्षमा लागेकी सांसद पद्मा खड्का भने सरकार प्रक्रियागत ढंगले फेरबदल हुने बताउँछिन् । ‘पार्टीको आधिकारिक संसदीय दलले आफ्नो प्रक्रिया अघि बढाउँछ,’ उनले भनिन्, ‘तर, मुख्यमन्त्रीले विश्वासको मत लिनुभयो भने सरकार सुरक्षित हुन्छ, लिन सक्नुभएन भने सरकार ढल्छ ।’ राताेपाटीमा खवर छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...