Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Monday, May 19, 2025

राउटे बस्तीमा पनि दशैँको चटारो

Share

असोज २७, सुर्खेत – यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कने देखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ ।

हिन्दू समुदायको महान पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदाय समेत भव्य तयारीमा जुटेका छन् । राउटे तीन दिन अघि दैलेखबाट सुर्खेतको लेकबेँसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् ।

यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ । महामुखिया महिनाबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताउनुभयो । “दशैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ” स्थानीय गङ्गटे बजारमा भेटिनुभएका उहाँले भन्नुभयो, “चिसो बढ्यो, दशैँ पनि आयो, दशैँ मनाएर अन्तै सर्नु पर्ला ।” ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उहाँको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले शुक्रबार बस्तीमै पुगेर राउटे समुदायलाई असोज महीनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक दुई हजार प्रदान गर्दै आएको छ । राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने प्रतिक्रिया दिए । “भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो” भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक युवाले भन्नुभयो ।

दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेल लगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् ।

राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् । राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् ।

दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्ली जस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् ।

देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताउनुभयो । “शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उहाँले भन्नुभयो, “त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौं ।”
रासस

Read more

Local News