9.5 C
Alba Iulia
Thursday, March 28, 2024
No menu items!

लुम्बिनी प्रदेशमा जसपाका कुनै पनि सांसदलाई कारबाही गरिएको छैन : ठाकुर

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

बुटवल — जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका आफ्ना कुनै पनि सांसदलाई कारबाही नगरेको बताएको छ । लुम्बिनी प्रदेश सभाले जसपाको पत्रअनुसार प्रदेश सभा सदस्यबाट निस्कासन गरेको सूचना जारी गरेलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुरको यस्तो धारणा आएको हो ।

सभामुखका नाममा विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले प्रदेशमा पार्टी समायोजन नभएकाले कुनै पनि सांसदलाई कारबाही नभएको जानकारी गराएका हुन् । उनले लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र संघीय समाजवादी फोरमको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी रहे पनि जसपा नेपालका ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेससभासम्बन्धी सम्पूर्ण काम लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन भनिएको छ ।

यस्तै जसपा वरिष्ठ नेता महतोले आधिकारिक निर्णयबिना नै लुम्बिनी प्रदेशका आफ्ना सांसद हटाएर फर्जी काम भएको आरोप लगाएका छन् । उनले संचारकर्मीसँग कुराकानी गर्दै पार्टीको कुनै कमिटीले आधिकारिक निर्णय नगरी कारबाहीका लागि गरिएको सिफारिसलाई सभामुखले स्वीकृत गर्नु गलत रहेको दाबी गरेका छन् ।

वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदसहित जसपाका ४ जना मन्त्री बनेका थिए । मन्त्री बनेका सन्तोष पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको सिफारिसमा निस्कासन गरेको लुम्बिनी प्रदेश सचिवालयले सूचना निकालेको छ ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने मन्त्री बनेका सांसदहरूको स्वागत गरेका थिए । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्रीबाट राजीनामा नदिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

संसदीय दलमा र निर्वाचन आयोगमा भने दुवै दल आधिकारिक रूपमा एक भइसकेका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...