9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिकासमेत

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

काठमाडौँ — कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ

एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । ‘कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘हाल क्लस्टर (समूह) मा संक्रमण देखिएको छ । ठूलो समूह संक्रमित भेटिएका छन् ।’

मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ । मुलुकभरिमा ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन् जुन कुल संक्रमितको १०.७४ प्रतिशत हो । ‘दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो,’ डा. अधिकारीले भने, ‘यो खतरनाक अवस्था हो । सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ ।’ संक्रमण तीव्र गतिले फैलिँदा काठमाडौं उपत्यकालगायतका ठाउँमा सघन उपचारका लागि आईसीयू र भेन्टिलेटर पाउन गाह्रो भएको छ ।

केही दिनयता ज्यान गुमाएकामा बालबालिका, युवा, दीर्घरोग नभएका, बाहिरबाट स्वस्थ देखिएका व्यक्तिको संख्या उल्लेख्य छ । चिकित्सकका अनुसार कोभिडले हुने मृत्युमा धेरैजसोमा कोमर्बिडिटी (एकैसाथ दुई वा बढी रोग हुनु) नभएकाको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा ११ वर्ष, १४ वर्ष र १९ वर्षका गरी २० वर्षमुनिका तीन जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु भएकामा धेरैजसोको उमेर ५० वर्ष हाराहारी छ ।

‘यो अत्यन्तै जटिल अवस्था हो,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘सबैले अत्यन्त कडा रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए र निषेधाज्ञालाई पालना नगरे स्थिति सहज हुन धेरै गाह्रो हुने देखिएको छ ।’

हाल उपचारमा रहेका कोभिड संक्रमित २४ जिल्लामा धेरै देखिएका छन् । ६ वटा जिल्लामा हजारभन्दा बढी संक्रमित उपचारमा छन् । काठमाडौंमा ११ हजार १ सय ८५, बाँकेमा ३ हजार ६ सय ३५, रूपन्देहीमा २ हजार ६ सय ३१, ललितपुरमा २ हजार २ सय ३, भक्तपुरमा १ हजार २ सय १० र दाङमा १ हजार १ सय ३६ जनाको उपचार भइरहेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...