9.5 C
Alba Iulia
Monday, June 21, 2021
No menu items!

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

Must read

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त संक्रमितका आफन्तले यस महामारी विरुद्धका विभिन्नखाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् ।

यसै सन्दर्भमा हामीले कोभिड-१९ संक्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमूलक सामग्री तयार पारेका छौँ ।

के रेम्डेसिभिर प्रभावकारी हुनसक्छ ?

रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सि र अर्को एक खोकीको भाइरस विरुद्ध बनाइएको हो । तर यी दुवै भाइरस विरुद्ध यो प्रभावकारी देखिएन । अन्य भाइरस विरुद्ध भने यो प्रभावकारी हुनसक्ने देखियो ।

गत वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भई अस्पताल भर्ना भएका कोभिड संक्रमित बिरामी छिटो निको भएको पाइएको थियो । अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसलाई त्यतिखेर प्रयोग गर्ने अनुमति दिएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन । सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक शर्तात्मक सिफारिस (कन्डिसनल रिकमेन्डेसन) गरेको थियो । उक्त औषधिले कोभिड-१९ संक्रमितको बाँच्ने सम्भावनामा कुनै सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

‘प्रोन’ को शाब्दिक अर्थ घोप्टो परेर सुत्नु हो । शरीरमा अक्सिजनको मात्रा बढाउन बिरामीलाई सिरानीको सहयोगले घोप्टो पारेर सुताउने विधिलाई ‘प्रोन पोजिसनिङ’ भनिन्छ । स्वासप्रस्वासको बिरामीलाई सास फेर्न कठिन भएको अवस्थामा फोक्सोको क्षमता बढाउन प्रोन पोजिसनिङको प्रयोग गरिन्छ ।

प्रोन पोजिसनिङमा चार वा पाँच वटा सिरानीको प्रयोग गरिन्छ । तीमध्ये दुईवटा सिरानी कम्मरमा, एउटा सिरानी गर्दनमा र एउटा सिरानी खुट्टाको गोलीगाँठानेर राखेर पेटको बलमा बिरामीलाई सुताइन्छ । मानिसको मोटाइको आधारमा केही सिरानी थप-घट गरिन्छ ।

चिकित्सकहरुले मेकानिकल भेन्टिलेटरमा राखेका बिरामीका लागि पनि प्रोन पोजिसनको प्रयोग गर्दछन् । यसलाई स्वासप्रस्वासमा सामान्य समस्या आउँदा प्राकृतिक भेन्टिलेटरको रुपमा प्रयोग गर्न सकिन्छ । नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले नयाँ पत्रिकामा प्रकाशित लेखमा लेख्छन्, “अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ ।”

प्रोन पोजिसनिङले फोक्सोको कोशिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्धत गर्दछ । प्रोन पोजिसनिङ एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम (फोक्सोमा तरल पदार्थ जमेर सास फेर्न सकस हुने) भएका बिरामीहरुलाई प्रयोग गरिन्छ । यूएस नेसनल लाइब्रेरी अफ मेडिसिन नेसनल इन्स्टिच्यूट अफ हेल्थमा प्रकाशित एक अनुसन्धान अनुसार मेकानिकल भेन्टिलेटरमा राखिएका स्वासप्रस्वास समस्या भएका त्यस्ता बिरामीलाई प्रोन पोजिसनिङले अक्सिजनको मात्रा बढाउन सहयोग गरी मृत्युदरमा सुधार ल्याएको थियो ।

कोभिड-१९ का कारण स्वास्प्रस्वासमा समस्या हुनाले यसका बिरामीलाई पनि यो उपयोगी हुने अमेरिकन जर्नल अफ रेस्पिरेटरि एण्ड क्रिटिकल केयर मेडिसिनमा प्रकाशित एक अध्ययनमा जनाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमा होम आइसोलेसनमा बसेका कोभिड-१९ का बिरामीलाई प्रोन पोजिसनिङले मद्धत गर्ने भन्दै यो विधि प्रकाशित गरेको छ ।

केही अनुसन्धानहरुले प्रोन पोजिसनिङ उपयोगी हुने उल्लेख गरेका छन् । कतिपय चिकित्सकहरुले यसको प्रयोग पनि गरेका छन् भने अन्य चिकित्सकहरुले यसले स्वासप्रस्वासमा कुनै सहयोग नगर्ने जनाएका छन् । यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थले प्रकाशित गरेको एक लेखमा स्वास्थ्यकर्मीहरु नै यसको उपयोगिताबारेमा एकमत नभएको उल्लेख छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

ठुलिभेरिले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने

१७जेठ,ठुलिभेरि नगरपालिकाले ११वटै वडामा शंकास्पद प्रत्येक नागरिकलाई एन्टिजन परिक्षण गर्ने भएको छ।ठुलिभेरी नगरपालिको भर्खरै विपद व्यबस्थापनको बैठक सम्पन्न भएको छ। नगरप्रमुख तथा विपद व्यबस्थान...

प्रधानमन्त्री माथि पक्राउ पुर्जी काट्न माग

काठमाडौँ – बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलना मुद्धामा पक्राउ पुर्जी जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभा पुर्नस्थापनको...

ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न २० वेडको आइसोलेशन संचालनमा ल्याउने तयारि पुरा

जेठ११,ठुलिभेरी नगपालिकाको विपद व्यवस्थापनको बैठक सम्पन्न भएको छ। कोभिड संक्रमणवाट बच्न र बचाउनको लागि प्रमुख प्रशासकृय अधिकृत डिल प्रसाद रोकयाले बैठकमा २० वेडको आइसोलेशन...

अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिमा एमाले कार्यदलको आह्वान

काठमाडौँ — नेकपा (एमाले)को विवाद हल गर्न गठित कार्यदलले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो...

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५...