Sunday, October 27, 2024

लुकाकुको दुई गोलमा बेल्जियमको जित

Share

असोज २७, काठमाडौँ –  युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा नेशन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा समूह ए टू मा रहेको बेल्जियमले स्वीट्जरल्याण्डलाई २–१ ले हराएको हो । बेल्जियमलाई जिताउने क्रममा दुवै गोल रामेलु लुकाकुले गरेका हुन् । यस्तै स्वीट्जरल्याण्डका लागि गाभ्रानोविकले एक गोल फर्काए ।

खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो । ५८ औँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिलाए । ७६ औँ मिनेटमा गाभ्रानोविकले स्वीट्जरल्याण्डका लागि बराबरी गोल फर्काए ।

त्यसको ८ मिनेटपछि ८४ औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

Read more

Local News