Sunday, October 27, 2024

दसैँमा किन खोजिन्छ नयाँ नोट ?

Share

काठमाडाैं- दसैँकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन । राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेबाट सुरु भएको हो भन्ने तिथिमिति भन्न सक्दैनन् । यद्यपि, नेपालमा नोटको प्रचलन सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने चलनचल्ती बसेको हुन सक्ने उनीहरू बताउँछन् ।

नेपालमा नोट छाप्न सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन सुरु भएको हुन सक्ने संस्कृतविद् सह–प्रा.डा. जगमान गुरुङ बताउँछन् । ‘त्यतिवेला शासक तथा पहुँच भएकाहरूले नयाँ नोट प्रयोग गरे होलान्, त्यसपछि क्रमशः अरूले पनि प्रयोग गर्न थालेको हुन सक्छ,’ उनी भन्छन्, ‘अहिले दसैँमा नयाँ नोट साट्ने संस्कृति नै बनिसकेको छ ।’

दसैँमा नयाँ लुगा लगाउने, नयाँ खानेकुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने संस्कारसँगै नयाँ नोट प्रयोग गर्ने चलनको विकास भएको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

Read more

Local News