Wednesday, October 30, 2024

बडा दशैैँको आज पाँचौ दिन, स्कन्दमाताको पूजा आराधना गरि मनाउँदै

Share

असोज २८, काठमाडौँ –  हिन्दु नेपालीहरुले नगदुर्गाको पाँचौ स्वरुप स्कन्दमाताको पूजा आराधना गरि मनाउँदैछन् ।

शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ ।

दुर्गाको स्वरुपमध्ये स्कन्दमाताको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । आज ६ बर्षकी कन्यालाई स्कन्दमाताको रुपमा पूजा गरि मिष्ठान्न भोजन तथा लत्ताकपडा दिएमा मनोकामना पुरा हुने जनविश्वास गरिन्छ ।

शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने प्रचलन छ । यसैबीच, देशभरका शक्तिपिठ तथा दुर्गामन्दिरहरुमा विहानैबाट दर्शनार्थीहरुको भिड लागेको छ ।

Read more

Local News