Sunday, October 27, 2024

निलम्बनमा परेको नेपाली क्रिकेटले चाँडै उन्मुक्ती पाउने सम्भावना

Share

असोज २८, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने भएको छ।

क्यान विवाद समाधानका लागि सर्वोच्चमा परेको मुद्दाको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी ले चासो व्यक्त गरेको भन्दै निर्वाचित क्यानले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको छ । सम्मानित सर्वोच्च अदालतमा दायर गरेकोको मुद्दाको सम्बन्धमा पनि केही चासो ब्यक्त पछि मुद्दालाई फिर्ता लिने प्रकृया अघि बढाएको क्यानका उपाध्यक्ष दीवाकर घलेले निकालेको विज्ञप्तिमा भनिएको छ।

घलेका अनुसार कानुनी र ब्यवहारिक प्रकृयाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न आगामी कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाइएको छ।

Read more

Local News