Sunday, October 27, 2024

ठूला उद्योगीले ५२ करोड कर तिर्न अटेर गर्दै

Share

असोज २८, विराटनगर – मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।

उक्त कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ  कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।

लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो । यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ ।

Read more

Local News