Sunday, October 27, 2024

तिहारलाइ लक्षित गरेर नयाँ धमाकेदार गीत ‘झिलिमिली’

Share

काठमाण्डौ – तिहार भन्ने बितिकै केहि गीतहरु मात्र याद आउछ त्यहि गीतहरुको साथमा यो बर्ष देखि नयाँ गीत पनि थपिएको छ , ‘झिलिमिली’ । यस पटकको तिहारलाइ लक्षित गरेर नयाँ धमाकेदार गीत बजारमा आएको छ । झिलिमिलि बोलको गीतमा दिपक तिवारी को आवाज रहेको छ भने हरी उप्रेतीको शब्द रहेको छ । गीतमा संगीतकार बिकाश चौधरीले संगीत भरेका छन् ।

अमरीकामा रहने गीतकार उप्रेतीले तिहारको परिवेशलाइ शब्दमा जस्ताको त्यस्तै उतारेका छन् भने संगीतकारले पनि हरेक तिहारमा निकै चल्ने प्रकारको संगीत सिर्जना गरेका छन् । भिडियोमा शुशान्त कार्कि , रमा लिम्बु , उदय सुब्बा , उदय सुब्बा , सुरबिर पण्डित, बिमला गिरिको अभिनय रहेको छ । तिहार बिषेश गीतलाइ उषा मलाहले निर्देशन गरेकि छिन् भने कोरियोग्राफि दिनेश मांङमु को रहेको छ ।

हेर्नुस् भिडियो

Read more

Local News