Sunday, October 27, 2024

जमरा एक : फाइदा अनेक,यस्ता छन् फाइदा !

Share

काठमाण्डाैँ – विजयादशमीको सबैभन्दा महत्वपूर्ण दिनमध्ये टीकाको दिनलाई विशेष रुपमा मानिन्छ । मान्यजनबाट आशिष् थाप्नका लागि विजयादशमीका दिन सानाहरुले निधारमा रातो टीका र शिरमा जमरा राख्ने गरेका छन् ।

घटस्थापनाको दिन राखिने जमरा दशमीको दिन मात्रै प्रयोगमा ल्याउने परम्परा रहेको छ । आशिष्का लागि प्रयोग हुने जमराको स्वास्थ्यका दृष्टिले पनि छुट्टै महत्व रहेको छ ।

टीका लगाइसकेपछि जमरा आफैँ खस्छ वा निकालेर कतै राखिन्छ । जमराको खासै वास्ता भने गरिँदैन । तर शिरमा लगाइने जमरा स्वास्थ्यका लागि भने निकै महत्वपूर्ण छ । पहिलो पटक जमरा व्यवसाय सुरु गर्नुभएका सीता भट्टराईको जीवन नै जमरामा अडिएको छ ।

जौँ र गहुँको पँहेलो जमरामा हरियो सागपातमा भन्दा बढी पौष्टिक तत्व पाइन्छ । कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिनको मात्रा धेरै पाइन्छ । सात वा नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गरे उच्च रक्तचाप, क्यान्सर, मधुमेह तथा मुटु लगायतका रोगीलाई लाभ मिल्ने डा. सुवर्ण पौडेलले सीआईएनसँग बताउनुभयो ।

शरीरमा रहेका विकार तत्वहरु फाल्न तथा स्वास्थ्यमा हानी गर्ने बाहिरी तत्वबाट बच्न पनि जमरा लाभदायी हुने चिकित्सकको सुझाव छ ।

बालबालिका, किशोर, किशोरी मात्रै नभएर वृद्धवृद्धालाई पनि नियमितको जुस पिउदा आन्द्रा सम्बन्धी समस्या र क्यान्सरको रोगमा लाभकारी आर्युबेदका विज्ञ कविराज रमेश पनेरुको दावी छ ।

पछिल्लो समय नेपालसहित विश्वभर नै नसर्ने रोगहरुको जोखिम बढ्दै गएको छ । त्यस्ता नसर्ने रोगको जोखिमबाट जोगिनका लागि सबैले जमराको जुस पिए रोग निको पार्न र रोगबाट बच्न सहयोगी बन्ने चिकित्सकहरुको नै दावी छ ।

सहरमा अहिले जमरा बेचेरै पैसा कमाउनेहरु पनि थपिन थालेका छन् ।

Read more

Local News