Thursday, October 24, 2024

कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु १२ बजेसम्मलाई हटाइयो

Share

कात्तिक ५, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

Read more

Local News