Sunday, October 27, 2024

५ दर्जन गीतमा आवाज दिएकी गायीका दर्शनाले, फरक स्वादको मसप गीत सार्वजनिक

Share

काठमाडौँ –  १५ बर्षको उमेर सम्म आईपुग्दा ५ दर्जन गीतमा आवाज दिइसकेकि गायीका दर्शना महर्जनले फरक स्वादको मसप गीत सार्वजनिक गरेकि छिन् ।

अंग्रेजी , हिन्दी र नेपाली हिट गीतहरु मिक्स गरी तयार गरिएको मसप गीतको भिडियो पनि निर्माण गरेर आफ्नै यूटुव च्यानल बाट सार्वजनीन गरेकि छिन् । ज्ञानेन्द्र शर्माको छायांकन एवं निशान घिमिरेको निर्देशन रहेको यो भिडियोलाइ सुरेन्द्र बसेलले कोरियोग्राफि गरेका छन् । यस्तै ७ वटा गीतलाइ एउटै गीतमा मसप बनाउन डिजेएलएक्स पौडेलले सहयोग गरेका छन् ।

मिठो स्वरकी धनि दर्शना भिडियोमा पनि आफै प्रस्तुत भएकि छिन् । सानै देखि बाल गीत गाउदै आएकि दर्शनाले आफ्नो सोलो एल्वम आमा नेपाल पनि सार्वजनिक गरिसकेकि छिन् । राष्ट्रकबि माधब प्रसाद घिमिरेको एल्वम मै मिरिमिचे मा समेत ४ वटा गीत मा आवाज दिएकि थिइन् ।
आफूलाइ मन पर्ने गीतहरु लाइ मसप गीतमा समेटेको दर्शना बताउछिन् । आफ्ना पिता नरेन्द्र महर्जनको प्रेरणाले गीत गायनमा आएकि दर्शनालाइ उनका बुबाले गायनमा सपोर्ट गरेका छन् । छोरीको रुचि र चाहना बुझेर उनको गायनलाइ अगाडि ल्याउन चाहन्छु महर्जन भन्छन् ।
हेर्नुस भिडियो 

Read more

Local News