Sunday, October 27, 2024

बार्सिलोनाले इटालियन क्लब इन्नटर मिलानमाथि २ – ० को जित

Share

स्पेनिस च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी यात्रा कायम राखेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्नटर मिलानमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे । चोटका कारण स्टार मैदान बाहिर रहेका स्टार खेलाडी लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाका लागि ३२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै पहिलो हाफका १–० को अग्रता दिलाए ।

८३ औँ मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले २–० को जित निश्चित गरेको हो । ला लिगामा आउँदो आइतबार एल क्लासिको हुँदैछ, त्यसअघिको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै इन्टर मिलानलाई हराएको हो ।

मेस्सी छोरासँगै बेन्चमा बसेर हेरेको खेलमा बार्सिलोनाले गोल गर्ने अरु पनि राम्रा मौका बनाएको थियो । तर इन्टर मिलानका गोलरक्षक सामिर हान्डानोविकले नौवटा प्रहारको सुन्दर बचाउ गरेका हुन् ।

सामिरले लुइस स्वारेज र क्लेमेन्ट लेनग्लेटको प्रहारको सुन्दर बचाउ गरे । यस्तै फिलिप कोन्टिन्होको प्रहार क्रसबारमा लागेर फर्कियो । इभान रेकिटिकको प्रहार पनि उनले बचाए ।

लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह बी अन्तर्गत राति नै भएको खेलमा इंग्लिस क्लब टोटनह्याम पिएसभी एन्थोवेनसँग २–२ को बराबरीमा रोकियो ।

 

Read more

Local News