Tuesday, December 10, 2024

नेकपाको सचिवालय बैठक बस्दै,दर्जन बढी एजेण्डामा छलफल हुने

Share

कात्तिक ८, काठमाडौँ –  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बिहीबार बस्दैछ । बुधबार बस्ने भनिएको बैठक बिहीबार बिहानका लागि सरेको हो । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

गएको आइतबार र सोमबार बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न एजेण्डामा विस्तृत छलफल हुन बाँकी रहेपछि बुधबार फेरि बैठक बस्ने तय गरिए पनि बिहीबार बिहान ११ बजेका लागि बैठक सरेको हो ।

बैठकमा पार्टीका विभिन्न निकाय तथा तहको एकीकरण, नेताहरुको जिम्मेवारी विभाजन, पार्टी र सरकार सञ्चालनसहितका एजेण्डामा छलफल हुनेछ ।

सचिवलायको बैठक पछिल्लो समय लगातार जस्तो बस्दै आए पनि पार्टीका विभिन्न निकाय र तहको एकताको प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।

प्रदेश तहको नेतृत्व तोकिएको छ तर यस्तको प्रक्रिया तथा छानिएका नेताकै विषयमा पनि विवाद रहेको छ ।

Read more

Local News