Sunday, October 27, 2024

यू १५ साफ च्याम्पियनसिप, अाज नेपालसँग माल्दिभ्स खेल्ने

Share

कात्तिक ८, काठमाडौँ – यू १५ साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करण बिहीबारदेखि ललितपुरमा सुरु हुदैंछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् ।

यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् । बिहीबारको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल  बिहान साढे ११ बजे हुने छ ।

त्यसपछि बिहीबार नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

Read more

Local News