Wednesday, December 11, 2024

प्रदेश २ सरकारले तीनवटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी

Share

कात्तिक ८, धनुषा – प्रदेश २ सरकारको बिहीबार बस्ने मन्त्री परिषद बैठकले तीनवटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी गरेको छ । लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति दिने मन्त्री परिषदको तयारी छ ।

बिहीबार अपराहन्ह ४ बजे बस्ने मन्त्री परिषदको बैठकमा तीनै वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभयो ।

Read more

Local News