Sunday, October 27, 2024

पीपीएल: विराटनगर र पोखराबीच खेल जारी

Share

कार्तिक ९,काठमाडौँ – सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा शुरू भएकाे छ ।

पोखरा रंगशालामा शुरु पहिलाे खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टन भिड्दै छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

Read more

Local News