Thursday, October 24, 2024

पोखरा प्रिमियर लिग सुरु : मुख्यमन्त्रीको बलिङ, सभामुखको ब्याटिङ

Share

कात्तिक ९,पोखरा – पोखरेलीहरुको लामो समयको प्रतिक्षापछि पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट पोखरामा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले पोखरा क्रिकेटको न्यूट्रल भेन्यूको रुपमा स्थापित गर्न सकिन्छ भन्ने कुरा पिपिएलको आयोजनाले प्रष्टाएको बताएका छन । सभामुख महराले खेलकुदले आफ्नै वहुआमयिक महत्व राख्ने बताउँदै स्वस्थ्य जनशक्ती उत्पादनमा पनि खेदकुदको उत्तिकै भूमिका हुने बताए ।

सभामुख महराले खेलकुद विकासका लागि ठूलो जनशक्ती आवश्यक भएपनि राज्यको पहुँच हुन नसकेको धारणा राख्दै निजी क्षेत्रले खेलकुद विकासका लागि गरेको कार्य सर्‍हानिय रहेको बताए । उनले क्रिकेटको बिकासका लागि संरक्षकत्व आवश्यक रहेको बताउँदै यसका लागि राज्यले विशेष ध्यान पुर्‍याउन पनि आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी शुव्वा गुरुङले अबको तिन वर्ष भित्र प्रदेशले क्रिकेटको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार बनाउने लक्ष्य लिएको बताए । उनले भने, ‘धेरै पटक पोखरालाई खेलकुदको न्यूट्रल भेन्यू बनाउने सांकेतिक रुपमा कुरा भए अब साँच्चिकै गरेर प्रमाणित गर्ने बेला आएको छ ।’

प्रतियोगिताको उद्घाटन गर्न मैदान उत्रिएका सभामुख कृष्णबहादुर महरा र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुव्वा गुरुङले व्याटिङ र वलिङ गरेका थिए । उनीहरु दुवैजनाले आलोपालो व्याटिङ र वलिङ गरे । सभामुख महराले तिन बल खेले भने मुख्यमन्त्रि गुरुङले दुइ बल खेले ।

Read more

Local News