Wednesday, October 23, 2024

यसरी मनायो डोल्पाको ठुलिभेरी नगरपालिकाले संविधान दिवस

Share

डोल्पा – संविधान दिवसको अवसरमा ठुलिभेरी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर मनाएको छ । संविधान बनेको तेस्रो वर्षको उपलक्ष्यमा भएको कार्यक्रमको प्रमुख अतिथिमा डोल्पाका पूर्व जिविस सभापति जगतबहादुर कठायत रहनुभएको थियो भने कार्यक्रमको सभापतिमा नगर प्रमुख गणेशबत्रहादुर शाही रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कठायतले संविधानको औचित्य तथा महत्व माथि प्रकाश पार्नुभएको थियो । नगर प्रमुख शाहीले भने संविधानले नेपालमा विकासको ढोका खोलेको बताउनुभएको थियो । संविधानले आउँदो वर्षहरुमा सबैको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिका जनप्रतिनिधि तथा सो क्षेत्रका शिक्षक र विद्यार्थीको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै आदर्श माविका प्रअ पूर्णबहादुर डागीले डोल्पामा आयोजित संविधान कार्यक्रमले सबै नगरबासीलाई हर्षित गराएको बताउनुभयो । संविधान दिवसको कार्यक्रम आदर्श माविमा  भएको थियो ।  स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार यादवले राख्नुएको थियो ।

Read more

Local News