Wednesday, October 23, 2024

नेकपाको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

Share

कात्तिक१०, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैँ, तिहार, नेपाल सम्वत, छठ पर्वको अवसरमा शनिबार दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म भृकुटीमण्डपमा चियापान कार्याक्रमको आयोजना गरेको नेकपाले यसका लागि झण्डै ५० हजार जनालाई निम्तो दिएको छ ।

पार्टी एकतापछिको पहिलो चियापान कार्याक्रम भएकाले यसलाई भव्य बनाउने तयारीमा रहेको नेकपाका नेताले बताएका छन् । दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणका लागि निम्ता दिइएको छ ।

यस्तै दिउँसो ३ देखि बेलुका पाँच बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका पदाधिकारी, कूटनीतिक नियोगका पदाधिकारीसहितलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान गर्दै आएका थिए । एकताको प्रक्रियाले पूर्णता नपाएको र आन्तरिक विवाद बढी रहेका बेला आन्तरिक एकताको अवसरको रुपमा प्रयोग गर्ने नेकपाको तयारी छ ।

Read more

Local News