Wednesday, October 30, 2024

पु्सको अन्तिम सम्ममा मेलम्चीको पानी सुन्दरीजल आउने

Share

कात्तिक१०, काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाले सुरुङको आन्तरिक संरचना ढलान गर्न ६ किलोमिटर मात्र बाँकी रहेको जनाएको छ । २० किलोमिटर ढलान सकिएको आयोजनाले जनाएको हो । दैनिक २ सय ५० मिटरको दरले ढलान भइरहेको आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलले बताए । यही गतिमा काम भए पु्स अन्तिम सम्म मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने उनले बताए ।

‘हडताल लगायतका कुनै बाधा अडचन नआए पुस मसान्त सम्म सुन्दरीजलमा पानी आइसक्छ,’ उनले भने । ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए ।

सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ । ‘मेसिन आइसकेको छ, अब केही दिन भित्र प्वाल पार्ने काम पनि हुन्छ,’ उनले भने, ‘अब खास समस्या छैन ।’ हालको मेसिनबाट भेन्टिलेटर निर्माण गर्दा वनजंगलमा क्षति नहुने उनले बताए । अम्बाथान हेडवक्र्समा समेत पनि काम तीब्र रुपमा भइरहेको आयोजनाले जनाएको छ ।
कान्तिपुरबाट

Read more

Local News