Wednesday, October 23, 2024

नेकपाकै चियापान कार्यक्रममा प्रधानमन्त्री ओली किन अनुपस्थित ?

Share

कात्तिक१०, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले  शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत अनुपस्थित भएका छन् ।

स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको हाे ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि नेकपाको यो पहिलो चियापान कार्यक्रम हो ।

चियापानमा करीब ५० हजार जनालाई निम्ता दिइएको बताइएपनि २० हजारलाई मात्रै नास्ता तयार गरिएको छ ।

Read more

Local News