कात्तिक१०, बनेपा : काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा-छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाच घाइते भएका छन्।
मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा दुई जनाको मृत्यु हुनुका साथ पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो।
जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए।
उनका अनुसार जिपमा सवार अन्य चारजना घाइते छन्। घाइते पूर्व एआइजी किरण गौतम, व्यवसायी प्रदीप वोगटीसहित अन्य दुईजनाको धुलिखेल अस्पताल उपचार भइरहेको छ।
त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको मृत्यु भएको हो।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार मोटरसाइकल चालक सामान्य छन्।