Sunday, October 27, 2024

पिपिएल : गौरव तोमरको उत्कृष्ट ब्याटिङमा काठमाडौंले धनगढीलाई १७ रनले हरायो

Share

कात्तिक१०,पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत हुलास काठमाडौं रोयल्सले एक्पर्ट धनगढी बुल्जलाई १७ रनले पराजित गरेको छ।

काठमाडौंले दिएको १ सय ८१  रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा १ सय ६३ रन मात्र जोड्न सक्यो।

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ५४ रन जोड्न समान ३-३ चौका र छक्का प्रहार गरे। सन्दीप जोराले ११ बलमा २७ रनको योगदान दिए। सन्दीपले १ चौका र ३ छक्का हिर्काए।

ओपनर सन्दीप सुनार ११ रन र डेभिड लाउरेन्स ९ रनमै पेभिलियन फर्के। पिटर ट्रेगोले १९ र दिलिप नाथले १० रन भन्दा बढी जोड्न सकेनन्।

बलिङमा काठमाडौंका सुसन भारी र बसन्त रेग्मीले २-२ विकेट लिए। अमरसिंह रटेउलाले पनि २ विकेट नै हात पारे।

त्यसअघि पोखरा रंगशालामा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ‌ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन जोड्यो।

काठमाडौंका लागि गौरव तोमरले सबैभन्दा बढी ४५ बलमा ९५ रन जोडे। आक्रामक ब्याटिङ गरेका उनले ४ चौका र १० छक्का प्रहार गरे। उनी अन्तिम ओभरको तेस्रो बलमा आउट हुँदा शतक बनाउन चुकेका थिए। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। बुढाऐरले २४ बलमा नटआउट ३६ रन जोडे।

त्यसअघि ओपनर अमित श्रेष्ठले १२ रन जोडेका थिए। उनले २१ बलमा २ चौका प्रहार गरे। अर्का ओपनर जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे।

बलिङमा धनगढीका पिटर ट्रगो, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत आइतबार धनगढी र विराटनगरबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै दिउँसो १ बजे पोखरा र बुटवलबीच भिडन्त हुनेछ।

Read more

Local News