Wednesday, October 23, 2024

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछी अस्पताल भर्ना

Share

कात्तिक १२, काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार सचिवालयले एक प्रेस नाेटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो ।   चिकित्सकको सल्लाहबमोजिम उनी  नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

स्वास्थ्यमा समस्या रहेकै कारण नेकपाका अध्यक्ष समेत रहेका  ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।

Read more

Local News