Sunday, October 27, 2024

कैलालीको पुल : जहाँ हिँड्दा पैसा तिर्नुपर्छ

Share

कात्तिक ११, टीकापुर – कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् ।

ती पुलबाट वारपार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । आजको कान्तिपुरको पृष्ठ ८ मा समाचार छापिएको छ । पुलमा ओहोरदोहोर गरेवापत मोटरसाइकलको २० र साइकलको १० रुपैयाँ तोकिएको छ ।

कन्द्रा नदीको भजनी–कर्मदेव घाटको ठेक्का लिएका भीम विकले वर्षामा डुंगामा र हिउँदमा नदीमा पानी कम भएपछि पुल बनाएर सेवा दिइरहेको बताए ।

उनले भने, ‘नदीमा पानी कम भएपछि आफ्नै लगानीमा पुल बनाएँ । नगरपालिकाको ठेक्का लिएबापतको रकम तिर्न पैसा त लिनैपर्‍यो नि ।’

Read more

Local News