Sunday, October 27, 2024

चेल्सीले बर्नलीलाई ४–० को शानदार जित, म्यानचेस्टर सिटीभन्दा अघि बढ्यो

Share

कात्तिक १२, काठमाडौँ – शीर्ष स्थानको होडमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शानदार जित दर्ता गरेको हो । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० ले हराएको हो ।

चेल्सीको जितमा अल्भारो मोराटा, रोस बार्क्ली, विलियन र रुबेन लोफ्टस–चिकले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा तीन गोल थपेको हो । २२ औँ मिनेटमा मोराटाको गोलबाट चेल्सीले पहिलो हाफमा अग्रता लियो ।

५७ औँ मिनेटमा बार्क्ली, ६२ औँ मिनेटमा विलियन तथा इन्जुरी समयको दोस्रो मिनेटमा रुबेनले गोल गरेपछि चेल्सी ४–० ले विजयी भयो ।

म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको चेल्सीको १० खेलबाट २४ अंक भएको छ । एक खेल कम खेलेको सिटीको भन्दा एक अंक बढी हो भने शीर्ष स्थानको लिभरपुलको भन्दा दुई अंक कम ।

लिग अन्तर्गत राति नै भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

Read more

Local News