Sunday, October 27, 2024

संघीयताका विपक्षमा संशोधन प्रस्ताव दर्ता गर्ने चित्रबहादुरको पार्टीको तयारी

Share

कात्तिक १२, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।

नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको केसीको जिकिर छ ।

आज संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघीयता नचाएको तर वाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै उनले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत दाबी गरे ।

उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको पनि दाबी गरे ।

Read more

Local News