Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Sunday, May 25, 2025

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार : एक्स–रे रिपोर्ट सकारात्मक

Share

कात्तिक १३, काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मंगलबार बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परिक्षण तथा छातिको एक्स–रेलगायतको रिपोर्टहरु सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्या सिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित समुह खटिएको छ ।

डा. सायमीका अनुसार मंगलबार बिहान प्रधानमन्त्री ओलीले व्रेकफास्ट लिएका छन् भने दाह्री समेत आफैले काटेका छन् ।

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीमा ज्वरो छैन भने खोकी धेरै कम भएको तथा प्रेशर पनि साइजमा आएको छ ।

चिकित्सकहरुका अनुसार यसैगरी सुधार भए अबको २ दिनमा प्रधानमन्त्रीलाई रिफर गरेर बालुवाटार पठाइने छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य विग्रेसिछ सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

Read more

Local News